आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

नेपालका एक्शन स्टार निखिल उप्रेतीले चलचित्र लेखन तथा निर्देशनमा पनि हात हाल्नेभएका छन् । उनको एक्शन लाई नेपाली दर्शकले खुबै रुचाउदै आएका छन् । यसैलाई मध्यनजर गर्दै निखिलले भारतको प्रमा इन्स्ट्रुमेन्ट्स कम्पनीसँग मिलेर चलचित्र ‘कमिट्मेन्ट’ निर्माण गर्ने भएका हुन् ।

शनिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । जुन चलचित्रमा बलिउडका स्टारहरु पनि देखिनेछन् । चलचित्रमा निखिलले भारत पुगेकी युवतिलाई ६० घण्टाभित्र नेपाल फर्काउने ‘कमिट्मेन्ट’ गर्ने छन् । उक्त कमिट्मेन्ट पुरा गर्नका लागि विभिन्न ठाउँमा आइपर्ने अवरोधमा निखिलले आफ्नो एक्शन देखाउने छन् । चलचित्रमा ७० प्रतिशत भाषा हिन्दि प्रयोग हुने छ भने बाँकी नेपाली भाषा बोलिनेछ । मुम्बईबाट युवती नेपाल फर्काउने क्रममा भारतमा बिभिन्न अवरोध झेल्नेक्रममा हिन्दीभाषाको प्रयोग हुनेभएकोले ७० प्रतिशत भाषा हिन्दि हुन पुगेको निखिलले प्रष्ट्याए । साथै निखिलले आधाभन्दा बढी भाषा हिन्दि बोलिए पनि बिशुद्ध नेपाली चलचित्र भएको बताए ।

केहि वर्ष नेपाली चलचित्र क्षेत्रबाट हराएका निखिलले सो समय एक्शनका विभिन्न अभ्यासहरु गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने, ‘गाउँबाट कोहि हराउँछ भने आत्नीनु हुँदैन किनकी उसले बजारबाट विभिन्न सामान लिएर फर्कन सक्छ । म केहि समय नेपाली चलचित्र क्षेत्रबाट हराए तर धेरै कुरा लिएर आएको छु त्यो देखाउनका लागि नै ‘कमिट्मेन्ट’ निर्माण गर्न लागेको हुँ ।’

‘कमिट्मेन्ट’ को नेपालसहित भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा छायाँकन गरिनेछ । चलचित्रमा निखिल हवाइजहाजबाट हाम फाल्ने छन् । उनले भारतमा रहँदा थाइल्याण्ड पुगेर स्काइडाइभिङ तालिम लिएका थिए । त्यसैले आफ्नो एक्शन कौशल देखाउनका लागि थाइल्याण्ड र सिंगापुरमा चलचित्रको छायाँकन गर्न लागिएको उनले प्रस्ट गरेका छन् ।

बलिउडका कलाकारसँग सम्झौता, नेपाली नायिकाको खोजी

चलचित्रका अधिकांस कलाकारहरु छनोट भइसकेका छन् तर चलचित्रकि मुख्य नायिकाभने अझै छनोट भइसकेको छैन । नायिका खोज्न किन ढिला गर्नुभो भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा निखिलले राम्रो कुरा खोज्न समय लाग्ने भन्दै नवप्रतिभालाई प्रोत्साहन दिने पनि सोचिरहेको र छिट्टै नै नायिकाको छनोट गर्ने बताए ।

साथै बलिउड कलाकार गोपाल वेदी (रन्जीत), अनन्त जोग, सायाजी शिन्दे, मनोज पवाह, अलि, नान्सी कमिट्मेन्टका लागि अनुबन्धित भइसकेका छन् । यी कलाकारहरु बलिउडका सुपरस्टार चलचित्रहरुमा अभिनय गरिसकेका कलाकार हुन् ।

भारतको प्रमा इन्स्ट्रुमेन्ट्स र निखिल उप्रेति प्रोडक्सनको साझेदारीमा निर्माण हुन लागेको यस चलचित्र निर्माणका लागि उद्योगपति विमल केडियाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपस्थित चलचित्रकर्मिहरुले निखिलले निर्माण तथा निर्देशन गर्ने यो चलचित्रका लागी शुभकामना दिएका थिए ।

चलचित्रमा २ वटा नेपाली र २ वटा हिन्दि गीत हुनेछन् भने समावेश गीतमा कृष्णहरी बरालको शब्द रहने बताइएको छ । साथै चलचित्रको गोपाल कायस्थले नेपाल वितरणको जिम्मा लिएका छन् ।

Video:

६ जेष्ठ २०७४, शनिबार १०:१४