काठमाडौं आउँदा शुन्य भएँः गायिका एन्जिला

जेठ, काठमाडौं ।

कुनै पनि विधामा आफ्नो करिअर बनाउछु भनेर लाग्नेहरु सानै देखी त्यहि पेशासँग नजिक हुदै गएका हुन्छन् । हुनत ठुलै भएपछि पनि पेशा परिवर्तन गरेर करिअर बनाउनेहरु पनि छन् । तर कतिपयको ठुलो भएपछिको उद्देश्य सानैदेखी उसभित्रको इच्छा तथा प्रतिभाले निर्धारण गरेको हुन्छ । त्यस्तै सानैदेखी गायनक्षेत्रमा रुची र प्रतिभा भएकी एन्जिला रेग्मीले पनि आफ्नो जीन्दगी गायनक्षेत्रमै बिताउने भन्दै अनबरत रुपमा लागिरहेकी छिन् । बि.स. २०६४ सालबाट औपचारिक रुपमा आधुनिक गीतमा आफ्नो स्वर दिँदै गीतसंगीतको क्षेत्रमा प्रवेश गरेकी एन्जिलाले अहिलेसम्म तिनदर्जन गीतहरुमा स्वर दिइसकेकी छिन् । उनले बिशेषतः आधुनिक पप् गीत गाउने गर्दछिन् । रुपन्देहीमा जन्मिएकी एन्जिला पछिल्लो समय काठमाडौंलाई कर्मथलो बनाउदै गायनक्षेत्रमा ब्यस्त छिन् । यसैबिच एन्जिलाले आफ्ना संघर्षका दिन तथा गीतसंगीतको बर्तमान अवस्थाको बारेमा यसरी सम्झिन्छिन् ।

बुटवल प्रदर्शनी आईडलबाट शुरुवात

मैले गीतसंगीतको क्षेत्रमा हात हालेको भनेको बुटवलमा भएको ‘बुटवल प्रदर्शनी आइडल’ बाट हो । बि.स. २०६४ सालमा भएको उक्त प्रतियोगीतामा मैले १६० प्रतियोगीलाई जितेर आईडल बन्न सफल भएकी थिएँ । त्यहि जीतले गर्दा नै आज म यो संगीत क्षेत्रमा छु । त्यो प्रतियोगीता जितेमार्फत पुरस्कार स्वरुप एक गीत गाउन दिने अवसर थियो त्यो बेला ‘मेरो जीवन हो’ बोलको आधुनिक गीत गाउन पाएकी थिएँ । त्यो नै मेरो पहिलो गीत हो ।

काठमाडौं आउँदा शुन्य भएँ

जब म अवसरहरुको खोजीमा ०७१ सालमा काठमाडौं आए त्यसपश्चात मलाई थाहा भयो कि मैले गीतसंगीतको क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । बुटवल हुँदा मैले गाएका केहि गीतहरुबाट जतिले मलाई चिन्नुहुन्थ्यो काठमाडौंमा आउदा शुन्यमा झरे जस्तै भयो । यहाँ कसैले चिन्ने थिएन त्यसैले पनि मैले धेरै गर्न बाँकी रहेछ भन्ने लाग्यो । मैले कक्षा १२ पास गरेपछि बिदेश जाने भनेर भाषा पनि पढेकी थिएँ पछि परिवारले नेपालमै गीतसंगीतको क्षेत्रमा केहि गर्नुपर्छ भनेर अझ पुरा सपोर्ट भएपछि गीतसंगीतको क्षेत्रमा केहि गर्ने आँट आएको हो ।

दुख पर्दा पनि यहि संगीतको साथ चाहिन्छ भने सुखमा पनि यहि संगीत नभई हुँदैन । हरेक पलको साथी भएकोले यसलाई मैले मेरो जीन्दगी नै भन्छु ।

एन्जिलाको तयारीमा

मेरो ‘एन्जिला’ एल्बम अझ छिट्टै आउनेक्रममा छ, अहिले त्यसैको तयारीमा पनि छु । यो भन्दा अघिका ‘समिश्रण’ र ‘लुकिछिपि’मा समावेश गीतहरुलाई दर्शक तथा स्रोताले धेरै मन पराइदिनुभएको छ एकदमै खुसी लागेको छ । मलाई यो क्षेत्रमा एन्जिला भनेर चिनाउने गीतको नाम लिनुपर्दा ‘पिरतीको गोली’ बोलको गीत हो जुन गीतबाट दर्शक स्रोतामाझ धेरै चिनिने मौका पाएँ । त्यसैगीतका कारण ०७२ सालमा म्युजीक खबर म्युजीक अवार्डको ‘बेष्ट पप् सिंगर अफ द ईअर’बाट सम्मानित पनि भएँ । त्यसपछि अहिलेको कुरा गर्दा ‘कपुरी क’ बोलको गीत धेरैले सुन्नुभएको छ त्यस गीतले पनि मलाई ठुलो सहयोग गरेको छ । मेरो नाम भन्दा पनि ‘कपुरी क’ गीतकि गायिका भनेपछि सहजै चिन्ने वातावरण मिलेको छ । यसैगीतका कारण देश बिदेशका कार्यक्रममा आयोजकहरुले बोलाउनुहुन्छ धेरै खुसी लाग्छ । केहि समयअघि मात्र १० दिनको सांगितीक कार्यक्रमका लागी बैंकक जाने अवसर मिलेको थियो ।

दर्शक स्रोताको रुचिका गीत

मैले गाउने गीत बढी डान्सिङ गीत हुन्छन् भनेर धेरैले भन्ने गर्नुहुन्छ । यो कुरा सत्य हो किनकी मैले दर्शक तथा स्रोताको रुचिका गीतहरु गाउने गरेकी छु  । पछिल्लो समय सेन्टिमेन्टल गीत भन्दा डान्सिङ तथा आईटम गीतहरु बढी रुचाउने गरिन्छ । हुनत मैले सेन्टिमेन्टल गाउँदै नगाएको भने होइन मेरो केहि सेन्टिमेन्टल गीतहरु पनि छन् । फेरी अर्को कुरा आफुले जुन कुरामा शतप्रतिशत काम गर्न सकिन्छ त्यो कुरामा हात हाल्ने हो, मैले आईटम तथा डान्सिङ गीत गाउन सक्छु भने अरु पनि गाउनुपर्छ भनेर हात हाल्नुपर्छ भन्ने लाग्दैन । जुन कुरा पुर्णरुपमा गर्न सकिन्छ त्यो गर्नुपर्छ ।

स्याङ्जाको कार्यक्रम अविष्मरणीय

हुन त मैले अग्रह दाजुदिदिहरु जस्तो धेरै स्टेज कार्यक्रममा प्रस्तुती दिएकी त छैन तर नेपालका अधिकांश जिल्लामा गीत गाउनकै लागी पुगेकी छु । पप् गायिका भनेर धेरै ठाउँमा आयोजकले बोलाउने गर्नुहुन्छ । अबिष्मरणीय कार्यक्रमको कुरा गर्दा स्याङ्जा जिल्लाको सेतीबेनीको कार्यक्रमलाई भुल्न सक्दिन । जुन कार्यक्रम मेरो लागी निकै भब्य भएको थियो । आजभन्दा दुईबर्ष अघि सेतिबेनीमा भएको साँस्कृतिक कार्यक्रममा मलाई पप् गायिकाको रुपमा बोलाउनु भएको थियो । मेरो बिधाको गायिका म मात्र थिएँ । मैले त्यहाँ प्रस्तुती दिँदा माहोल यति रमाइलो बनेको थियो कि जुन कुरा कहिल्यै भुल्न सकिन्छ । त्यहाँका दर्शकहरुको साथ मेरो लागी सधैं अविष्मरणीय रहनेछ ।

संगीत मेरो जीन्दगी

मेरो बिचारमा संगीतको परिभाषा जीन्दगी हो । संगीत जीन्दगीको हरेक पलमा चाहिन्छ । दुख पर्दा पनि यहि संगीतको साथ चाहिन्छ भने सुखमा पनि यहि संगीत नभई हुँदैन । हरेक पलको साथी भएकोले पनि यसलाई मैले जीन्दगी नै भन्छु । म हरेक पल संगीतमै रमाउने गर्छु ।

प्रस्तुतीः गोपिकृष्ण चापागाईं ।

यो सामाग्री हिमालय टाईम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।