जेठ, काठमाडौं ।

चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले रंगपत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संघले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरि रेडियो नेपालमा कार्यरत चलचित्र पत्रकार डा. नवराज लम्साललाई सम्मान गरेको छ । त्यस्तै सगरमाथा टेलिभिजनमा कार्यरत पारस पौडेल र अनलाइनखबरमा कार्यरत विजय सुवेदी (आवाज) लाई २१ हजार रुपैँया पुरस्कार प्रदान गरिएको छ । साथै पहिलो पोस्ट डटकमकी स्वेच्छा राउतलाई प्रोत्साहनस्वरुप ल्यापटप दिइएको छ ।

सम्मानीत डा. नवराज लम्सालको अनुपस्थितीमा उनकी श्रीमतिलाई उक्त सम्मान हस्तान्तरण गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्र क्षेत्रमा पत्रकारले पुर्याएको योगदानलाई कदर गर्दै सम्मान र पुरस्कार प्रदान गरिएको बताएका थिए । कार्यक्रममा चलचित्र पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट र बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य दुबैलाई प्रमुख अतिथि बनाइएको थियो । चलचित्र पत्रकारहरुका अग्रह ब्यक्ति भनेर महासंघ अध्यक्ष बिष्ट र चलचित्रक्षेत्रका अग्रह ब्यक्तित्व भनेर हाँस्यकलाकार आचार्यलाई प्रमुख अतिथिको रुपमा राख्न पाइएको कार्यक्रम उद्घोषक नरेश भट्टराईले प्रष्ट पारेका थिए ।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्र बुढो भएपनि स्थीर हुन नसकेको बताएका थिए ।सिमित श्रोत साधनका बाबजुद नेपाली चलचित्र क्षेत्रले बलिउडसँग प्रतिश्पर्धा गरिरहेको भन्दै उनले राम्रो चलचित्रको मात्र प्रशंसा गर्न पत्रकारलाई आग्रह गरेका छन् । पत्रकारले प्रशंसा गरेका कतिपय चलचित्र हेर्न जाँदा समाचारमा भनिएजस्तो नपाएको अनुभव सुनाउँदै उनले पक्ष र विपक्ष भनेर छुट्याउने गलत प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।

यस्तै, पत्रकार महासंघ अध्यक्ष महेन्द्र विष्टले पत्रकारिता समिक्षात्मक हुनु पर्नेमा जोड दिँदै चलचित्र पत्रकारिता कहिले काहिँ अभियानजस्तो बन्ने गरेको अभिव्यक्ति दिएका छन् । सबैले एउटै खाले समाचार सम्प्रेषण गर्नु भन्दा विषयवस्तुको गहिराईमा पुगेर पत्रकारिता गर्न उनले रंगपत्रकारलाई सुझाव दिएका छन् ।

चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष विदुर गिरीले चलचित्र क्षेत्रको सत्य कुरा सम्प्रेषण गर्न रंगपत्रकारहरु चुकिरहेको धारणा राखेका छन् । कुनै कलाकार वा चलचित्रकर्मीको मात्र प्रिय बनेर समाचार सम्प्रेषण गर्दा चलचित्र पत्रकारले यस्ता प्रकारका आक्षेप खेप्नु परेको उनको भनाई छ । कार्यक्रममा कलाकारहरु पनि उपस्थित थिए ।