‘नेपाल हार्मोनी अवार्ड’द्वारा विभिन्न कलाकार सम्मानित

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp; शनिबार राजधानीको होटल अन्नपूर्णमा &nbsp;‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’ कार्यक्रम सम्पन्न भएको छ। नेशनल इस्टिच्युट फर एजुकेशन (भारत) र एसिएस मिडिया कर्पोरेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कलाकार सरोज खनाल, नायिका सारिका घिमिरे,हाँस्य कलाकार किरण केसी, &nbsp;सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेललाई &nbsp; ‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’को सम्मान दिइएको छ। त्यस्तै कार्यक्रममा वरिष्ठ व्युटिसियन भारती तनेजा, ज्योतिष जय मदान लगायतका अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो। <br><p>नेपाल भारत विच आत्मीयता, सद्भाव कायम राख्ने उद्धेश्यमा साथ आयोजित यस कार्यक्रममा पशुपतीनाथका मुख्य पुजारी रावल श्री गणेश मुल भट् र नेपाल केशरी डा. श्रीमनी भद्र मुनीजी महाराज &nbsp;प्रमुख अतिथिका रुपमा रहेका थिए।&nbsp;</p></p>