जापानको फिल्म फेस्टिभलमा छानियो ‘लव यु बाबा’

...

love you baba poster 1साउन, काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल फिल्म ‘लव यु बाबा’ जापानको शिनोकुबो फिल्म फेस्टिभलमा छानिएको छ । अगस्ट १५ बाट शुरु हुने फेस्टिभलमा १७ वटा देशको सहभागिता रहनेछ । जसमा नेपालको तर्फबाट लभ यु बाबा जानेछ ।
फिल्म अगस्ट महिनाको १६ तथा २० तारिखमा प्रदर्शन हुने अभिनेता तथा निर्माता गजित बिस्टले जानकारी गराए । नेपालबाट ‘लव यु बाबा’सँगै भोजराज भाटको निर्देशन रहेको ‘सुनाकली’मा प्रदर्शन हुनेछ ।
फेस्टिभलमा कोरियन, जापानिज,चाइनिज, सिंगापुर, थाईल्याण्ड, बेल्जियन फिल्महरुको पनि सहभागिता रहनेछ । फिल्मलाई जापानिज भाषामा नै सबटाइटल गरिएको छ ।

नेपालबाट निर्देशक सौगातसँगै निर्माता सम्झना पोखरेल फेस्टिभलमा सहभागिता जनाउन जापाने जाने गजितले बताए ।