करिश्मा भन्छिन्- मैले बिनोदलाई डराउन दिनका लागी त्यस्तो लेखेकी हुँ, धेरै डराएका छन्

जेठ, दाङ । अभिनेत्री करिश्मा मानन्धर उनका श्रीमान बिच केहिदिन अघि देखीको खटपटले यतिखेर बजार तताएको छ । करिश्माले स्थानिय निकायको चुनावको दिनमा श्रीमानकै कारण आफुले भोट हाल्न नपाएको भन्दै श्रीमान बिनोदलाई दोष लगाउँदै एक स्टाटस लेखिन् त्यस पश्चात करिश्मा र बिनोद बिचको सम्बन्धका बारेमा एक पछि अर्का कुरा बाहिर आइरहेका छन् ।

आईतबार चलचित्र पत्रकार संघ, दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नायिका मानन्धरले आफुलाई भोट हाल्न नपाउदा धेरै दुःख लागेको बताइन् । ‘स्थानियतहको निर्वाचनमा भोट हाल्न नपाउँदा मताधिकार प्रयोग गर्न पाइनँ । मेरो विनोद लोग्ने होइनन्, साथी मात्र हुन् । तर, सबै कुरामाउनी माथि भरपर्दा मैले धोका पाएँ । फेसबुकमा लेखेर उनलाई सचेत गराएकी हुँ ।’, करिश्माले भनिन् ।

‘बिनोद मेरो होस्टेल वार्डेन हुन् । मैले चढ्ने कार पनिउनले नै सर्भिस गर्छन् ।’, करिश्माले प्रेस सोसाइटी नेपालले घोराहीमा आयोजना गरेको कार्यक्रममा यस्तो भनेकी हुन् । यस्तै, तुलसीपुरमा आयोजित पत्रकार भेटघाटमा उनलाई संचारकर्मीले आफ्नो मतदाता नामावली कहाँ छ भन्ने जानकारी लिनु तपाइको दायित्व होइन भनेर सोधेका थिए । जहाँ, उनले भनिन् ‘बिहे भएको २७ बर्ष भयो । चार बर्ष अमेरिका बसेर म नेपाल फर्किएकी हुँ । तर, मेरा पतिले मलाई बच्चा जस्तो व्यवहार देखाएछन्, उनलाई डर देखाउनका लागि मैले फेसबुकमा त्यस्तो लेखेकी हुँ । उनी धेरै डराएका छन् ।’

यस्तै, करिश्माले स्थानियतहको निर्वाचनमा पार्टीको नजिजा सन्तोष जनक भएको समेत बताइन् ।