<pre><b>जेठ, काठमाडौं</b></pre><p>सचिन तेन्दुलकर लाई भारत मा मात्र नभई सबै क्रिकेट प्रेमी देशमा क्रिकेटको भगवानको रुपमा लिइन्छ्। आम मानिस देखि ठुला ठुला क्रिकेटरहरु सम्म सचिनलाई मान्ने गर्छन्। यसैविच उनकै फिल्म बन्दा हेर्न नजाने त कमै हुन्छन्।नको फिल्मले कति कमाउला भन्ने कौतुहलता सबमा हुन सक्छ्। सचिनको जिवनीमा आधारित वायोपिक 'सचिन अ बिलियन ड्रीम्स' रिलिज भइसकेको छ। रिलिज भएको पहिलो दिनमै फिल्मले सानदार ओपनिंग गर्न सफल भएको छ। </p><p>पांच भाषामा रिलिज भएको यो फिल्मले पहिलो दिनमा ५० दर्शक पाएको छ। सचिनको बायोपिकले भारतमा करिब ९.२५ करोड कमाएको बताइएको छ भने अमेरिका, अस्ट्रेलिया र न्यूजील्यान्ड मा फिल्मले करिब ६६ लाख कमाएको छ। जसअनुसार रिलिज भएको पहिलो दिनमा फिल्मले लगभग १० करोडको सानदार ओपनिंग गरेको छ। यसका साथै फिल्म सबैभन्दा बढी ओपनिंग गर्ने फिल्महरुको लिस्टमा छैठौं स्थानमा परेको छ। एजेन्सी</p>