स्वेताको पहलमा सुरु भयो एकिकृत बस्ती निर्माण

जेठ, काठमाडौं।

नायिका स्वेता खड्का द्वारा संचालित स्वेता श्री फाउन्डेशनले आज सिन्धुपाल्चाकको जिल्लामा रहेको चौतारा सांग चोक गढी नगारपालिका १४ इन्द्रावती नदि किनारका माझी समुदायको लागि  एकिकृत बस्ती निर्माण कार्यको शिलान्यास गरेको छ। भुकम्प पश्चात कष्टकर जीवन बिताइरहेका माझी समुदायलाई फाउन्डेशनले ५६ घरसहितको एकिकृत बस्ती निर्माण गरिदिने भएको छ। कार्यक्रमका प्रमुख अतिथि रहेका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक गोविन्द पोखरेलले आज बस्तीको शिलान्यास गरेका छन्।

त्यस्तै शिलान्यास कार्यक्रमका लागि पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई,  जितु नेपाल  लगायतका अन्य कलाकार तथा व्यक्तित्वहरु माझी बस्ती पुगेका थिए। बस्ती शिलान्यासका लागि पुगेका कलाकार तथा व्यक्तिहरुलाई माझी समुदायका वासिन्दाहरुले भव्यताका साथ स्वागत गरेका थिए।