दीपेन्द्रको प्रेमकथामा बन्ने भयो दीपेन्द्र सरकार

जेठ, काठमाडौ ।

चलचित्र  ‘दीपेन्द्र सरकार’  बन्ने भएको छ । तत्कालिन युवराज दीपेन्द्र शाहको प्रेमकथामा आधारित यो चलचित्रलाई आशुसेन प्रोडक्सनले निर्माण गर्ने भएको हो  । राजधानीमा बुधबार आयोजित घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलाकार प्रदिप खड्कालाई दिपेन्द्रकै गेटअपमा देखाइएको थियो ।

आगामी २०७५ जेठ १९ गते रिलिज हुने गरी बनाइने चलचित्रमा नेपाली ईतिहासको ऐतिहासिक घटना र पात्रमाथि केन्द्रीत रहेर सिनेमा बनाउन लागेको निर्माण पक्षले जनाएको छ । करिव ५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको चलचित्रको मेगाप्रोजेक्टका निर्देशक भने केहि समयपछि मात्रै सार्वजनिक गरिने भएको छ । नेपाल बेलायत र अमेरिकामा छायांकन गरिने सिनेमाको छायांकन भव्य सेट निर्माण गरेर गरिने निर्माता सनतोष सेनले बताए । चलचित्रमा दीपेन्द्रको भुमिका नायक प्रदीप खड्काले निभाउने भएका छन् ।

वायोपिक जानरामा राखिएको यो चलचित्र दुई फरम्याटमा तयार हुने बताइएको छ । फेस्टिभलका लागि डेढघण्टा र व्यवसायिक रिलिजका लागि २ घण्टा लामो चलचित्र तयार गरिनेछ । निर्देशक, प्राबिधिक युनिट र बाँकी कलाकार छिट्टै सार्वजनिक गरिने निदेृशक सेनले पत्रकार सम्मेलनमा जानकारी दिए

यसअघि आशुसेन फिल्मस प्रालिले प्रेमगीत, चंखे शंखे पंखे चलचित्र बनाइसकेको छ । चलचित्रको निर्देशक र अन्य कलाकार भने फाइनल हुन बाँकी छ । कार्यक्रममा दीपेन्द्रका संगीत गुरु सुभबहादुर सुनामले दीपेन्द्रले लेखेका चर्चित गीतहरु गाएर सुनाए ।