विमान दुर्घटना हुनबाट यसरी बचिन् सन्नी

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>बलिउड एक्ट्रेस सन्नी लियोन र उनका केही साथीहरु हालै विमान दुर्घटना हुन बाट जोगिएका छन्। सनी र उनका पति डेनियल केही साथीहरुको साथमा &nbsp;जाँदै थिए तर मौसम खराब भएका कारण उनीहरुको विमान दुर्घटना हुनबाट मुस्किलले बचेको छ। सन्नीले ट्वीटर मार्फत यो कुराको जानकारी दिएकी छिन्। उनले ट्वीटरमा भिडियो पोस्ट गर्दै खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको र मुस्किलका साथ उनी र उनको समूह सुरक्षित साथ घर फर्किन लागेको जानकारी दिएकी छिन्। भिडियोको साथै सनीले अर्को ट्वीट गर्दै &nbsp;विमान चालकलाई धन्यवाद दिएकी छिन्। उनले पाइलटले उनी र उनको समुहको जिवन बचाएको बताएकी छिन्। एजेन्सी</p>