बले-कक्रोजद्धारा अमेरिकामा जुटेको सहयोग रकम जिग्री-पाँडेलाई हस्तान्तरण

आर्टिस्ट खबर/जेठ, काठमाडौं ।

यतिखेर हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को पहलमा जिग्री पाँडे प्रतिष्ठानबाट सप्तरीको गम्हरीयामा दृष्टिबिहिनहरुका लागी ३ घर निर्माण भइरहेको छ । गएको बैशाख २ गतेबाट शुरु भएको निर्माण कार्यको लगभग ८० प्रतिशत काम सकिएको बताइएको छ ।

यसैबिच उक्त सामाजिक कार्यका लागी प्रतिष्ठानबाट सहयोग रकमका लागी आह्वान गरिएको थियो । जम्मा लागत ३० लाख लाग्नेमा अहिले पनि बिभिन्न ठाउँबाट सहयोग रकम जुटिरहेको छ । यस्तै केहि महिनाअघि मात्र हाँस्य टेलिसिरियल भद्रगोलका दुई कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले अमेरिकाको भ्रमणबाट सहयोग रकम जुटाइ प्रतिष्ठानलाई सहयोग गरेका छन् ।

बिभिन्न साँस्कृतिक कार्यक्रमका लागी गएको बले—कक्रोजले अमेरिकाको जर्जिया शहरमा रहेका केहि सहयोग मनहरुबाट जम्मा नेपाली २ लाख ५० हजार रुपैया सहयोग रकम जुटाएर जिग्री—पाँडेलाई हस्तान्तरण गरेका हुन् ।

‘हामीले सहयोग रकम जुटाएर मनसायले गएका त होइनौं तर त्यहाँ हामी पुग्दा जिग्री पाँडे प्रतिष्ठानले यस्तो सामाजिक कार्य गर्दै रहेछ हामी जतिसक्छौं त्यति दिन्छौं भनेर केहि सहयोगी मनहरुले सहयोग गर्नुभएको हो’, कलाकार सागर लम्सालले आर्टिस्ट खबरसँग कुरागर्दै भने ।

सुर्य लम्सालको नेतृत्वमा जर्जियामा भएका दुई कार्यक्रममा उपस्थित दर्शकहरुबाट सो रकम जुटेको सागरले जानकारी दिए । पोखरा बासी राजु थापा एक्लैले उक्त रकममा १ हजार डलर सहयोग गरेको बताइयो । हाल उनी जर्जियामै ब्यवसाय गर्दै आएका छन् ।

सहयोग रकम बुझिसकेपछि जिग्री पाँडे प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले आफुहरुले थालनी गरेको सामाजिक कार्यक्रममा अमेरिका जस्तो देशमा पुगेर पनि आफ्नो देशका गरिबीहरुका लागी सहयोग गरिदिने सबैमनमा आभार प्रकट गरे ।

प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले प्रतिष्ठानले थालनी गरेको घर निर्माणका लागी अझै २० प्रतिशत रकम अभाव भएको र अन्य जो कोहि सहयोगी मनहरुका लागी सहयोग गर्न आग्रह गरे । ‘हामीले जहाबाट जतिले सहयोग गर्नुभएको छ सबैको सहयोग बिवरण त्यसैगरी खर्च बिवरण सबै सार्वजनिक गर्ने छौं’, अर्जुनले भने ।

Video: