घर छोडेर फ्ल्याटमा बस्छन् सलमान ,यस्तो छ कारण

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड सुपरस्टार सलमान खानका लागि आफ्नो लागि घर किन्नु कुनै ठुलो कुरा होइन्। तर पनि उनी फ्ल्याटमा बस्ने गर्छन्। हालै टिभी शो 'सा रे ग म प' को सेटमा पुगेका उनलाई &nbsp;फ्ल्याटमा बस्नुको कारण सोध्दा उनले यस बारे बताएका छन्। उनले भनेका छन् -'मलाई बंगलाको सट्टा फ्ल्याटमा बस्न यस कारण मन पर्छ किनकि यसको माथिको फ्लाटमा मेरो परिवार बस्छन्'। <br>आफ्नो अपकमिंग फिल्म ट्युबलाईटको प्रमोशनमा लागि शो मा पुगेका उनले फ्लाटमा बसेपनि पुरै भवन आफ्नो परिवार जस्तै लाग्ने बताएका छन्। उनले आफु सानो हुँदा त्यस बिल्डिंग मा रहने सबै बच्चाहरु बगैंचामा खेल्ने गरेको र कहिलेकाही त्यहीं निदाउने गरेको पनि बताएका छन्। उनका अनुसार फ्ल्याट संग जोडिएका कैयौं भावनात्मक यादहरु छन् यसकारण उनी उक्त फ्ल्याट छोड्न चाहँदैनन् र त्यही बस्न रुचाउँछन्। &nbsp;एजेन्सी</p>