आफ्नो रुचीलाई आसा नमारी केही गर्न चाहान्छुः सबि

...

साउन, काठमाडौं । (फ्रेस फेस कुराकानी)

sabi shrestha - new nepali model
मोडलिङ क्षेत्रमा उक्लिँदै गरेकी २३ बर्षिय सबि श्रेष्ठ (साबित्री) निरन्तर मोडलमै आफ्नो करिअर बनाउन चाहान्छिन् । बिभिन्न गितमा मोडल गर्दै आएकी सबि पछिल्लो समय गायन क्षेत्रमा पनि छिन् । आफ्नो नृत्य अभिनय कला देखाउँदै आएकी उनले पछिल्लो समय आफुमा भएको गायक कलालाई पनि केहि गितहरुमा स्वर दिएर प्रस्तुत गरीन् ।

sabi shrestha sabitri
सबि गण्डकी अञ्चलको गोरखामा जन्मेकी हुन् । उनी बाल्यकालको समयपछि उनले सानै उमेरदेखि आफ्नो जीवनयापनको लागि संघर्ष गदै अगाडि बढ्दै आफ्नो रुची चाहानालाई उनले आसा नमारी म केही गर्न सक्छु र केही गर्नुपर्छ भन्ने उद्धश्येका साथ अगाडि बढिरहेकी बताउँछिन् । सबिले आर्टिस्ट खबरसँग कुरागर्दै भनिन्, भनिन्छ दुःख पछि सुःख अवश्य आउछ रे तर केही पाउनलाई केही गुमाउनुपर्छ मैले पनि यो क्षेत्रमा आउनका लागि धेरै संघर्ष गरेकी छु, धेरै खुसीहरुलाई गुमाएकि छु । मोडलिङ गर्न त्यति सजिलो छैन तर पनि म मोडल बनेर चिनिन चाहान्छु ।

उनले अहिले सम्म दश देखि पन्ध्र वटा म्युजीक भिडियोमा अभिनय गरीसकेकी छिन् । उनी कलाकार राष्ट्रको गहना हो भन्ने भनाईलाई आत्मासाथ गर्दै अगाडि बढीरहेकी छिन । अहिले गित संगितको क्षेत्रमा निकै खर्चिलो र आम्दानीको स्रोत कम छ र त्यसैले यो क्षेत्र अलि धेरै नै गाहे बनेको छ । यो क्षेत्र मिलीजुली र सबै कुरा बुझेर काम गनुृपर्छ नब कलाकारहरुलाई निकै गाहो हुन्छ । अगाडि बढ्दा सोचेर मात्र गर्नुपर्छ, उनले भनिन्