अल्का अस्पतालले नमुना नेपालका लागी २५ लाख सहयोग गर्ने

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b> &nbsp;</pre><p style="text-align: justify; ">अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनको तेस्रो परियोजना नमुना नेपाल निर्माणमा २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । राजधानीमा सोमवार आयोजित नमुना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजना निर्माणलाई २५ लाख रुपैया सहयोग गर्ने घोषणा गरे ।<br></p><p style="text-align: justify; ">नेपाललाई विश्व सामु चिनाउन धुर्मुस सुन्तली फाउण्डेसनले शुरु गरेको परियोजनालाई सफल बनाउने अभियान अन्र्तगत आफुले उक्त रकम सहयोग गर्न लागेको अध्यक्ष थापाले बताए । “विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौ” &nbsp;अध्यक्ष थापाले भने । “तर नेपाललाई विश्व सामु चिनाएर समग्र नेपालीको शिर उचो पार्ने यस महान अभियानलाई एक नेपालीको तर्फबाट सफल पार्ने प्रयास स्वरुप सहयोग गर्न पाँउदा खुसी लागेको छ । ” उक्त रकम फाउण्डेसनले माग गरे लगत्तै प्रदान गरिने थापाले बताए ।</p><p style="text-align: justify; ">कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोगको घोषणाप्रति धन्यवाद दिदै नमुना नेपालको परियोजनालाई सफल बनाउने अभियानमा उक्त रकमले ठुलो सहयोग पुग्ने बताए ।&nbsp;</p>