नायिका रेखाले गरिन् आर्यन संग विवाह !

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>करिब सात वर्ष लामो बोलचाल बन्द पछि नेपाली चलचित्र क्षेत्रका चर्चित नायक नायिका रेखा थापा तथा आर्यन सिग्देल फेरि एक साथ देखिएका छन्। लामो समय देखि दर्शकहरुको पर्खाइका रहेका जोडि का रुपमा रहेका उनीहरुले हालै विवाह गरेका छन्। &nbsp;तर यो विवाह रियल लाईफ मा नभई रिल लाईफमा मात्रै हो। यतिवेला छायांकन भईरहेको चलचित्र रुद्रप्रियाका लागि उनीहरुले &nbsp;विवाह गरेका हुन्। हुनत यस अघि पनि उनीहरुले निकै चलचित्रमा एकसाथ विवाह गरिसकेका छन्। तर पनि सात वर्ष पछि को टिमअपले गर्दा पनि उनीहरुको यो विवाहले भने चर्चा पाएको छ। उनीहरु को विवाह भएको फोटोहरु अहिले सार्वजनिक भएको छ।</p><p>नायिका रेखा थापाले आफ्नो फेसबुकमार्फत विवाहको फोटो शेयर गरेकी छिन्। फोटोमा रेखालाई आर्यनले चुम्बन गरेका छन् भने रेखा आर्यनको साथमा खुसी देखिएकी छिन्। यतिवेला &nbsp;बन्दीपुर मा छायांकन भइरहेको यस चलचित्रलाई सुदिन भुपाल सिंहले निर्देशन गरिरहेका छन्। यस चलचित्र कार्तिक २ गते प्रर्दशनमा आउने भनिएको छ्। दर्शकहरुमाझ प्रिय जोडि बनेका रेखा र आर्यनको यो चलचित्रले पनि राम्रै प्रतिकृया पाउन सक्ने देखिन्छ।&nbsp;</p><div><br></div>