‘कमिटमेन्ट’मा आफ्नै साली संग रोमान्स गर्दै निखिल

जेठ, काठमाडौं।

नेपाली चलचित्र क्षेत्रमा एक्शन नायकको रुपमा चिनिएका अभिनेता निखिल उप्रेतीले चलचित्र ‘कमिट्मेन्ट’ निर्माण गर्ने भएका छन्।  उनले निर्देशन गर्न लागेको चलचित्र 'कमिटमेन्ट : सिक्स्टी आवर्स' को मंगलबारबाट छायांकन सुरु भइसकेको छ। भारतको प्रमा इन्स्ट्रुमेन्ट्स कम्पनीसँग  मिलेर बनाउन लागिएको यस चलचित्रमा  बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका रहने बताइएको छ।

चलचित्रका लागि नायिकाको खोजी भइरहेको निर्माणपक्षले अब भने नायिका फाइनल गरेको छ। यस चलचित्रमा निखिलले आफ्नै साली सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेललाई लिड रोलका लागि फाइनल गरेका छन्। यस चलचित्रबाट सिवानीले डेब्यु गर्ने भएकी छिन्।  नायिका सञ्चिता लुइँटेलले फेसबुकमा कमिटमेन्ट बाट  चलचित्र क्षेत्रमा आउन लागेको भन्दै  सिवानीको फोटो शेयर गरेकी छिन्। ‘कमिट्मेन्ट’ को नेपालसहित भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा छायाँकन गरिनेछ ।