दीपिकालाई ‘मिस एसइइ झापा २०१७’ को उपाधि

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा &nbsp;‘मिस एसइइ झापा २०१७’ सम्पन्न भएको छ। यस पटकको मिस एसइइ झापा को उपाधि दीपिका बाँनियाले हात पारेकी छिन्। उनले उपाधिका साथमा ५० हजार &nbsp;नगद र कक्षा ११/१२ अध्ययनका लागि छात्रबृत्ती समेत प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा &nbsp;बिर्तामोडकी रिया आचार्य फस्ट रनरअप र काकरभिट्टाकी अरुणरिद्धी राई सेकेण्ड रनअप &nbsp;भएका छन्। दुबै विजेताले क्रमश २० र १५ हजार नगद सहित छात्रबृत्ती पाएका छन्।&nbsp;</p><p>यस्तै कार्यक्रममा &nbsp;आयोजक संस्था ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले &nbsp;पत्रकार साहारा उपचार कोषका लागि &nbsp;११ हजार नगद र रगतमा इन्फेक्सन भएर &nbsp;उपचारर्थ बिर्तामोडकी सिमा प्रधानको उपचारका लागि १५ हजार रुपैँया सहयोग गरेको छ ।</p>