<pre><b>जेठ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">चर्चित कमेडियन सुनिल ग्रोवरका फ्यानहरुको लागि खुसीको खवर रहेको छ। सुनिलको डाक्टर मशहूर गुलाटीको रोललाई पर्खिनेहरुका लागि पर्खाइको समय सकिएको छ। भारतीय मिडियाका अनुसार उनी एक पटक फेरि डक्टर मशहूर गुलाटीबनेर शो मा फर्किँदै छन् तर कपिल शर्माको लागि नभएर सलमान खानको लागि। </p><p style="text-align: justify; ">मीडियाका अनुसार सलमान खान आफ्नो अपकमिंग फिल्म ट्यूबलाइट को प्रमोशन सोनी टीवी बाट गर्न चाहन्छन् र उनका लागि च्यानले विशेष व्यवस्था गर्न लागेको छ। बताइएअनुसार ट्युबलाईटको प्रमोशन सुनिलको साथमा गरिनेछ। जसका लागि स्पेशल एपिसोड सुट गरिने बताइएको छ। यस शो मा सुनील आफ्नो फेमस अवतार डाक्टर मशहूर गुलाटीको लुक्समा देखिनेछन् र सलमानको ट्यूबलाइट टीमलाई मनोरंजन गराउनेछन्। च्यानलले सलमान खानलाई द कपिल शर्मा शो मा लानुको सट्टा सुनिलको साथमा एक नयाँ शो बनाउने फैसला गरेको छ। एजेन्सी</p><div style="text-align: justify; "><br></div>







२६ जेष्ठ २०७४, शुक्रबार ०७:०० 








