८ वर्ष देखि पर्दा पछाडि रमाउँदै मेकअप आर्टिष्ट उर्मिला लामा

आर्टिस्ट खबर/ असार काठमाडौं।

कुनै पनि कलाकारलाई पर्दामा देख्दा हामी पहिले उनीहरुको लुक्स लाई हेर्ने गर्छौं। र उनीहरुको लुक्सको चर्चा गर्ने गर्छौं। उनीहरु आज एउटा लुक्समा देखिएका हुन्छन त भोली अर्को लुक्समा। हामी उनीहरुको लुक्स र मेकअपलाई लिएर निकैनै प्रशंसा गर्ने गछौं र आफु पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने कल्पना गर्छौं। कलाकारहरु राम्रो भएको त हामी देख्छौं तर उनीरुलाई कस्ले राम्रो बनायो त्यो भने त्यति चासो राख्दैनौ। उनीहरुको त्यस्तो लुक्स बनाउने पर्दा पछाडिका व्यक्तिहरुको बारेमा भने हामीलाई कमै मात्र थाहा हुन्छ्। यस्तै पर्दा पछाडि रहेर पर्दामा देखिने कलाकारहरुलाई नयाँ नयाँ लुक्स दिने व्यक्तिहरु मध्ये एक हुन् हेयर डिजाइनर तथा मेकअप आर्टिष्ट उर्मिला लामा।

चलचित्र म्युजिक भिडियो तथा विभिन्न डकुमेन्ट्री हरुमा कलाकारहरुलाई मेकअप गराउँदै आएकी उनी ८ वर्ष देखि यो क्षेत्रमा सक्रिय छिन्। अहिले सम्म उनले १६ भन्दा बढी चलचित्र तथा डकुमेन्ट्री तथा १३०० भन्दा बढी म्युजिक भिडियोहरुमा कलाकारहरुलाई सजाइसकेकी छिन्। उनले मेकअप  तथा हेयर डिजाइन गरेका कलाकारहरुमा निर शाह, धिरेन शाक्य, प्रशान्त तामांग, गरिमा पन्त, सुमिना घिमिरे ,निता ढुंगाना लगायतका कलाकारहरु पर्छन्। त्यस्तै अहिलेका चर्चित कलाकार हरुसंग पनि काम गरेका उनी बताउँछिन्। उनले पछिल्लो समय  चलचित्र तारेभिरमा काम गरेकी छिन्। पर्दा पछाडि को काम संगै उनले केही म्युजिक भिडियोहरुमा पनि आमाको भुमिकामा अभिनय पनि गरेकी छिन्। साथै पछिल्लो पटक उनले लेखक तथा निर्देशक मनिराजको अपांग बालबालिकाको कथामा आधारित डकुमेन्ट्री लुरीमा पनि भिलेन को रोल खेलेकी छिन्। अहिले यो डकुमेन्ट्री विभिन्न स्कुलहरुमा प्रर्दशन गरिएको उनी बताउँछिन्।

विभिन्न नयां तथा पुराना कलाकारहरु संग काम गरिसकेकी उनी चलचित्र क्षेत्रमा आफुलाई खुसी मिलिरहेको बताउँछिन्। उनी भन्छिन -'पुराना कलाकार हरुबाट आज सम्म नराम्रो प्रतिकृया पाएको छैन तर नयाँ कलाकारहरु भने केही नराम्रो सोच्नु हुन्छ्। हामीलाई केवल काम गर्ने मानिसको रुपमा सोच्ने गर्छन तर उनीहरुले यो सोच बदल्नु जरुरी छ्। कुनै व्यक्तिलाई  पर्दामा कलाकारको रुपमा देखाउनका लागि मेकअप आर्टिष्टहरुको पनि ठुलो हात हुन्छ्। साथै पर्दा पछाडिका मानिसको पनि ठुलो योगदान रहेको हुन्छ तर दर्शकहरुले उनीहरुलाई पहिचान गर्दैनन्'।

आठ वर्ष देखि चलचित्र क्षेत्रमा पर्दा पछाडि रहेर कलाकार हरुको संघर्ष र कठिनाई लाई बुझ्दै आएकी उनी कलाकारितामा राम्रो भविष्य रहेको बताउँदै नयाँ आउन चाहने हरुलाई यस बारेमा राम्रो संग सिकेर मात्र प्रवेश गर्न सल्लाह दिन्छिन्। उनी भन्छिन् -'यो क्षेत्रमा आउनु गाह्रो छैन तर यस क्षेत्रमा भिज्नका लागि नयाँ कलाकारहरुले निकैनै दुख गर्नु पर्ने हुन्छ' ।