<pre><b>असार ,काठमाडौं।</b></pre><p>बलिउडका चर्चित कलाकार मुश्ताक खान यतिखेर नेपाल आएका छन् । नेपाली चलचित्रको छायांकनका लागी आएका मुश्ताकले काठमाडौंको एभरेष्ट फिल्म एकेडेमीका बिद्यार्थीहरुसँग पनि अन्तक्र्रिया कार्यक्रम गरेका छन् ।कार्यक्रममा फिल्म एकेडेमीको बारेमा बताउँदै उनले एकेडेमीले जहिले पनि कला तथा प्रतिभा भएकाहरुलाई चम्काउने बताएका थिए । उनले भने- कलाकार कहिल्यै पनि खराब मान्छे हुन सक्दैन, तपाईभित्र कला छ भने एकेडेमीले त्यसलाई चम्काउछ र प्रबिधी मार्फत तपाईमा विश्वास भर्ने काम गर्छ’। </p><p> कार्यक्रममा बोल्दै एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष सुनिल थापाले यसरी गरिएको कलाकारहरुको सहकार्यले दुईदेश बिचको सद्भाव अझ आत्मिय हुने विश्वास ब्यक्त गरेका थिए । साथै थापाले मुश्ताकलाई मायाको चिनो प्रदान गरेका थिए ।कलाकार टिका पहाडीसँग लामोसमय भारतमा नाट्यकर्म गरेका मुश्ताक उनका सहकर्मि हुन् । कार्यक्रममा टिका पहाडीसँग सुनिल थापा, विल्सन बिक्रम राई, गौरभ पहारी, शुलभ पहारी लगायतको उपस्थिती थियो । </p><div><br></div>