असार काठमाडौं।

लेखक तथा कलाकार खगेन्द्र लामिछानेको मुख्य भुमिका रहेको चलचित्र ‘धनपति’ को गीत सार्वजनिक भएको छ। सार्वजनिक 'सुख दुःख' बोलको गीतमा आधा शुर र शारदा अधिकारीको आवाज रहेको छ । गीतमा आधा सुरकै शव्द तथा संगीत रहेको छ।

नेपालको राजनीतिक अवस्थालाई उजागर गर्न खोजिएको चलचित्रमा मुख्य पात्र अभिनेता खगेन्द्र लामिछाने कसरी आफ्नो परिवारको खुसीका लागि राजनीतिमा होमिन पुग्छन भन्ने तितो यथार्थलाई देखाउन खोजिएको छ।चलचित्रमा खगेन्द्रको साथमा सुरक्षा पन्त,मनिष निरौला,अशन्त शर्मा, सुरवि बर्तौला,हरिहर शर्मा,रवि गिरी,कमल देवकोटा,प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ।रोजिना सिटौलाको निर्माणमा बनेको यस चलचित्र असार २३ गते बाट प्रर्दशनमा आउने भएको छ।

हेर्नुहोस गीतको भिडियो।

४ असार २०७४, आईतवार ०४:४२