असार, काठमाडौं।

सिजन मिडियाको आयोजनामा गत शनिबार प्रज्ञा भवनमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसएलसी प्रिन्सेस् २०१७ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा स्काई लार्क स्कुलबाट एसइई दिई विशिष्ट श्रेणीमा पास हुन सफल १६ वर्षिया नविना राई विजेताघोषित भएकी छिन्। साथै उनले प्रतियोगितामा मिस पपुलर अवार्ड पनि जितेकी छिन्। विजेता नविनाले उपाधिका साथै रु ५० हजार रुपैयाँ र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका तर्फबाट प्लस टू अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्।

साथै प्रतियोगितामा स्मृति नेपाल फस्ट रनर अप का साथै मिस पर्सनालीटी बन्न सफल भएकी छिन् भने सलिना कटुवाल सेकेन्ड रनर अप भएकी छिन्। उनीहरुले क्रमश रु ३० र २० हजार नगद साथै एक लाख वरावरको छात्रावृत्रि पाएका छन्।

प्रतियोगितामा नामी कलेजका सिइओ योगराज कंडेल, क्याम्पीयन एकाडमीका प्रिन्सीपल रमेसन भण्डारी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजकी डाइरेक्टर विना कैनी, शिक्षक प्रेम गुरुङ, नायिका भिन्तुना जोसी, स्कीन एण्ड लेजर थेरापिष्ट आसा सुवाल निर्णायक रहेका थिए।

५ असार २०७४, सोमबार ०५:२७