चलचित्र निर्देशन तथा निर्माणमा हात हाल्दै राजेश हमाल

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्र नगरीका महानायक राजेश हमाल यतिवेला चलचित्र निर्देशन तथा निर्माण गर्ने तयारीमा छन्। हालै एक मिडियासंगको कुराकानीमा आफुले निर्देशन गर्न लागेको चलचित्र छिट्टै नै छायाकंनमा जाने बताएका छन्। उनले विदेशमा दुःख पाएका तथा वाँच्नका लागि संघर्ष गरिरहेका हरुको कथामा आफुले चलचित्र निर्माण गर्न लागेको बताएका छन्। चलचित्र क्षेत्रमा दुईदशक भन्दा बढी बिताइसकेका हमाल &nbsp;चलचित्र निर्माणमा भने पहिलो पटक लाग्दै छन्। उनको यो चलचित्रमा उनी स्वयंको अभिनय रहन्छ या रहँदैन यो भने उनले खुलाएका छैनन्। चलचित्रको कथा पुर्ण रुपमा तयार भैनसकेको बताउँदै हमालले आफ्नो चलचित्रमा मनोरंजनका साथै सामाजिक विषयवस्तुलाई समेटिने बताएका छन्।&nbsp;</p>