काठमाडौंको टोपी हो चन्द्रागिरीः हरिवंश

असार, काठमाडौं ।

काठमाडौंको कलंकीबाट सात किलोमिटरको दुरीमा रहेको चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डर बनेका महजोडीको हरिवंश आचार्यले चन्द्रागिरी हिल्स काठमाडौंको टोपि भएको बताएका छन् । उनले काठमाडौंमा राम्रो घुम्ने ठाउँ छैन भन्नेहरुका लागी यो ठुलो उदाहरण र काठमाडौंलाई सहजै चिनाउन सक्ने पर्यटकिय ठाउँ भएकोले काठमाडौंको शिर भएकोले यसलाई टोपी भनेका हुन् ।

बुधबार चन्द्रागिरी हिल्सको प्रबद्र्धनात्मक भिडियो सार्वजनिक गरिएसँगै बरिष्ठ कलाकारद्धय महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई चन्द्रागिरी हिल्सको ब्राण्डएम्बेस्डर बनाइएको थियो । चन्द्रागिरी हिल्सको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका महजोडीले काठमाडौंसँग जोडिएको यतिराम्रो पर्यटकिय ठाउँको ब्राण्ड एम्बेस्डर बन्न पाउदा आफुहरु निकै खुसी भएको पनि बताए ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको चन्द्रागिरी हिल्स सँग प्रत्यक्षरुपमा जोडिन पाउदा मलाई निकै खुसी लागेको छ । अझ यसको बिज्ञापनि भिडियोमा यसरी अभिनय गर्न पाउदा अझ निकै खुसी छु र आगामि दिनहरुमा पनि यसरी नै अगाडि बढ्नेछु, हरिवंशले कार्यक्रममा बोल्दै भने । साथै हरिवंशले धेरै मानिसहरुले काठमाडौंमा घुम्ने ठाउँ नभएको भन्दै गुनासो गरेको सुनेको र अब ति मानिसहरुका लागी ठुलो ठाउँ यहि भएको बताए ।

हरिवंशले कलाकारिताको कुरालाई जोड्दै अबको नयाँ पुस्ताहरुसँग आफुहरुले हातेमाले गर्दै अगाडि बढ्नुपरेको पनि बताए ।