<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउडका स्टारहरुको कुरा चल्दा उनीहरुको परिवार तथा सन्तानहरुको पनि निकैनै चर्चा हुने गर्छ। कति स्टारहरुले आफ्ना सन्तानलाई पनि बलिउडमा ल्याइरहेका हुन्छन्। यसैविच आफ्ना छोरीहरुका कारण चर्चामा आइरहने गर्छिन अभिनेत्री श्रीदेवी। उनी आफ्नी छोरीहरु प्रति निकैनै सजग छिन्। उनकी छोरी जाह्नवी कपूर पनि फिल्म सेराट को रिमेक बाट बलीउडमा डेब्यु गर्ने तयारीमा छिन्। हुनत् श्रीदेवीले जाह्नवी लाई फिल्ममा आउनु भन्दा अघि बाटनै केही बन्देज हरु बनाएकी छिन्। हालै भारतीय मिडियासंगको कुराकानीमा श्रीदेवीले आफ्ना छोरीहरुको लागि आफुले केही नियमहरु बनाएको र ति नियमहरुलाई उनीहरुले मान्नु पर्ने बताएकी छिन्। उनले आफ्ना छोरीहरुलाई घर फर्किने निश्चित समय तोकेको बताएकी छिन्। र केही गरी उक्त समय मा उनीहरु घर नपुगेमा आफुने फोन तथा सोधपुछ गर्न सुरु गर्ने गरेको बताएकी छिन्। </p><p style="text-align: justify; ">श्रीदेवी का अनुसार यदि उनीहरुलाई कहिँ कतै धेरै समय रोकिनु पर्ने जरुरी भएका आफुसंग सोधेर मात्र बस्ने गरेको बताएकी छिन्। उनले बताएकी छिन् म आफ्ना छोरीहरुलाई लिएर असुरक्षित महशुस गर्छु। जब उनीहरु बाहिर कतै जान्छन तब उनीहरु नफर्के सम्म मलाई चिन्ता लाग्ने गर्छ यसकारण म उनीहरुलाई निश्चित समय तोकिदिएको छु। उनीहरु मैले तोकिदिएको समय भन्दा बढी बाहिर रहन पाउँदैनन्। यसका साथै उनले छोरीहरुमाथि नो ब्वाईफेन्ड नियम पनि लगाएकी छिन्। केही समय अघि जाह्नवी को प्रेमीका साथमा फोटो भाइरल भएपछि श्रीदेविले जाह्नवी लाई प्रेमी बाट टाढा रहन बताएकी थिईन्।एजेन्सी</p>