बैशाख, काठमाडौं । बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्ट संगको सहकार्यमा निर्माण गर्न लागिएको दोश्रो चलचित्र ‘क्लासिक’ले अफिसियल ब्राण्डीङ्गको सुरुवात गरेको छ | ‘क्लोथ्स् नेपाल’ नामक वर्डड्रप संस्थामार्फत अफिसियल ब्राण्डीङ्गको सुरुवात गरेको चलचित्र ‘क्लासिक’ निर्माणका क्रममा प्रयोग हुने सम्पूर्ण पोसाकको ब्यबस्थापन सहकार्य उक्त संस्थाले गर्नेछ |
अनलाइनमार्फत आफ्नो ब्यापार ब्यबसाय संचालन गर्दै आएको ‘क्लोथ्स् नेपाल’ले बिहिबार राजधानीमा चलचित्र ‘क्लासिक’का प्रमुख पात्रद्वय आर्यन सिग्देल र नम्रता श्रेष्ठबाट रिबन काटी आफ्नो स्टोरको औपचारिक सुरुवात गरेको छ | आर्यन र नम्रतासंगै ‘क्लासिक’ निर्देशक दिनेश राउत,लाईन प्रोड्युसर जीवन भाई,ब्राण्ड म्यानेजर अतुलराज मैनाली लगायतले नयाँ स्टोरको सफलताको सुभकामना दिए |
संचालनमा ल्याइएको स्टोरमा युवापुस्ताको रोजाईका सम्पूर्ण ड्रेस सामग्री उपलब्ध हुने ‘क्लोथ्स् नेपालका संचालन रघु थापाले जानकारी दिएका छन् | “चलचित्र ‘क्लासिक’बाट आफ्नो पोसाक ब्यबस्थापन सहकार्य गर्न पाउदा निकैनै आभारी भएको र नेपाली चलचित्रसंगको आफ्नो यो पहिलो आधिकारिक सहकार्यलाई ‘क्लोथ्स् नेपाल’ले निकैनै ठुलो सहकार्य मानेको समेत संचालक थापाले बताए |
‘मेरो एउटा साथी छ’ मार्फत दर्शकको मनमनमा बस्न सफल आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी ‘नोभेम्बर रेन’ पश्च्यात सबैभन्दा उत्कृष्ट सिने जोडीको रुपमा स्थापित भएका छन् | ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक सफल चलचित्र दर्शकलाई पस्किसकेका निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘क्लासिक’मा ‘नोभेम्बर रेन’ जोडी पुन: दोहोरिदै छ |
म्युजिकल रोमान्टिक ड्रामा जनर भइएको लवस्टोरी बेस चलचित्र ‘क्लासिक’ आउदो बैशाख १५ बाट छायांकनमा जादै छ | सुवास गिरीको लगानीमा कमल गिरीले निर्माण सहयोग गर्ने चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत,राजेश श्रेष्ठको छायांकन तथा छेतन गुरुङको कथा लेखन रहनेछ |
यसैबीच,ब्राण्डीङ्का यस्तै सहकार्य विभिन्न कर्पोरेट हाउसहरुसंग समेत हुन लागेको चलचित्रका ब्राण्ड म्यानेजर अतुलराज मैनालीले जानकारी दिएका छन् | ब्राण्डीङ् सहकार्यको यो सुरुवातले चलचित्र निर्माण,प्रचारप्रसार एवंम प्रदर्शनका निमित्त स्वागतयोग्य कदमको थालनी समेत गरेको छ |