असार, काठमाडौं ।

यसबर्षको प्रतिक्षित चलचित्र 'प्रेमगीत २' को ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट बिभिन्न खालका प्रतिक्रिया आएका छन् । युट्युवमा चारदिन अघि सार्वजनिक गरिएको ट्रेलर आजको दिनसम्म पाँचलाख बढीले हेरेका छन् भने नेपालको युट्युव ट्रेंडिंग नम्बर १ मा छ । चलचित्र भित्रका मुख्य पात्र प्रेम र गीतको प्रेममा बनेको यो चलचित्रमा नेपाल तथा नेपाल बाहिरका बिभिन्न रमणीयस्थान कैद गरिएको छ जसले गर्दापनि दर्शकका लागी यो चलचित्र अझ बिशेष हुन सक्छ ।

युट्युवको ट्रेडिंग १ सम्म आइपुग्दा ट्रेलरमा २९ सय ४३ जनाले प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया सकारात्मक देखिन्छन् । ट्रेलर धेरै नै मन परेको र एकपटक मात्र हेरेर नपुगेको भन्ने प्रतिक्रिया पनि धेरै देखिन्छ । ट्रेलरमा लाइक भन्दा डिस्लाइक धेरै आएको कुरामा पनि भिडियोको कमेन्ट बक्समा दर्शकहरु बिच बहस नै चलेको देखिन्छ । कतिले कसरी भयो यस्तो भनेर आश्चर्य मानेका छन् त कतिले डिस्लाइक धेरै हुनुनै रहस्य भएको र फिल्म भित्र केहि न केहि भएकोले झन् फिल्म हेर्नै पर्ने भन्दै प्रतिक्रिया दिएका छन् ।

यो समाचार तयार पार्दासम्म एकघण्टा अघिसम्मको प्रतिक्रिया हेर्ने हो भने राजु लामा नाम गरेका दर्शकले लेखेका छन् कि- 'मलाई त अश्लेषाको अभिनय निकै मन पर्यो । १६ हजार लाईक १७ हजार डिस्लाइक तर फिल्म सुपर डुपर हिट हुन्छ ।' त्यस्तै सुदर्शक तिवारीले ट्रेलर दिनमा सयपटक हेर्ने गरेको लेखेका छन् । त्यस्तै प्रेम थापाले भिडियोको लाइक र डिस्लाइक हेर्नेकै लागी दिनकै आउने गरेको बताएका छन् । अधिकांश दर्शकले लाइक र डिस्लाइकको बिषयमा केमन्ट लेखेका छन् ।

प्रेम एक्शन तथा सस्पेन्स जनरामा बनेको यस चलचित्रको ट्रेलर पनि निकै उत्कृष्ट बनेको छ। नेपाल, थाइल्याण्ड र म्यानमारमा खिचिएिको चलचित्रको ट्रेलरमा रारा ताल तथा म्यानमार र थाइल्यान्डका विभिन्न मनोरम दृश्यहरु पनि अटाएका छन् । प्रदीप खड्का र अश्लेषा ठकुरीको मूख्य भुमिका रहेको यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा निर्माता सन्तोष सेनको खलनायक भुमिका देख्न सकिन्छ ।

Trailer: