<pre><b>असार, काठमाडौं। </b></pre><p>बलिउडका बादशाह शाहरुख खान बलिउडमा डेब्यु गरेको २५ वर्ष पुगेको छ। सोशल मिडियामा यो कुराको जानकारी दिँदै शाहरुखले आफ्ना फ्यानहरुलाई धन्यावाद दिएका छन्। शाहरुखले १९९२ सालमा फिल्म ‘दीवाना बाट बलिउडमा डेब्यु गरेका थिए। यसै लाई लिएर शाहरुखले ट्वीटर मार्फत यो खुसी बाँडेका छन्। उनले लेखेका छन् -' व्यस्त सप्ताह भएका कारण म छिट्टै सुत्न गएको थिएँ। राती निद्रा खुलेपछि याद आयो कि मेरो बलिउडमा २५ वर्ष भएको छ। यति दिन सम्म मलाई झेल्नुभएकोमा धन्यवाद'। यसका साथै करण जौहर ले पनि शाहरुख लाई बधाई दिँदै ट्वीट गरेका छन्। उनले लेखेका छन्- 'त्यो २५ वर्षमा २२ वर्ष मैले तिमी संग काम गर्ने मौका पाएँ। त्यसका लागि धन्यवाद' । </p>







११ असार २०७४, आईतवार ०९:४२ 








