<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> पछिल्लो समय निकैनै चर्चामा आएको सलमान खान स्टारर 'ट्यूबलाइट' शुक्रवार बाट रिलिज भएको छ। निकैनै आशातित रुपले हेरिएको यो फिल्मले बक्स अफिसमा भने राम्रो ओपनिंग गर्न सकेन्। रिलिज भएको पहिलो दिनमा फिल्मले २१.१५ करोडको कमाई गरेको छ। साथै दोस्रो दिन अर्थात शनिवार २१.१७ करोडको कलेक्शन गरेको छ।यसरी फिल्मले दुई दिनमा ४२.३२ करोड कमाएको छ। ट्रेड एनालिस्ट तरण आदर्श ले ट्वीटर मार्फत यस कुराको जानकारी दिएका छन्। </p><p style="text-align: justify; ">फिल्मको यो कमाई निराशजनक हुनुका साथै समिक्षकहरु बाट पनि राम्रो रिभ्यु पाउन सकेन्। यस अघि का सलमानका फिल्महरुका लागि हलहरु हाउसफुल हुने गर्थे तर यस पटक भने फिल्मले ५० दर्शक मात्र पाएको छ। जसरी सलमानको फिल्म भनेर आशा गरिएको थियो तर फिल्मले सोही अनुरुप आक्रमक कमाई गर्न भने सकेन्। एजेन्सी</p>







११ असार २०७४, आईतवार १०:४१ 








