साराको डेब्युमा सैफको यस्तो बयान, भड्किइन पुर्वपत्नि अमृता

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलीउडमा यतिवेला कैयौं &nbsp;स्टार किडहरु इन्ट्री लिने क्रममा छन्। यसैविच एक हुन् सैफअली खानकी छोरी सारा अली खान। उनी छिट्टै अभिषेक कपूर को &nbsp;फिल्म केदारनाथ बाट बलिउडमा डेब्यू गर्न गईरहेकी छिन्। तर यस बारेमा उनको पिता सैफ भने सायद त्यति खुसी देखिएका छैनन। &nbsp;हालै एक भारतीय मिडियासंगको अन्तर्वार्ताको क्रममा उनले बताएका छन् -उनी आफ्नी छोरीलाई धेरै माया गर्छन र उनी खुसी छन कि सारा&nbsp;छिट्टै &nbsp;बलिउडमा आउँदैछिन्। </p><p style="text-align: justify; ">'हाम्रो पारिवारिक माहोल कलाकारिता नै भएकाले पनि सारामा पनि त्यो गुण रहेको छ। &nbsp;तर मलाई उ प्रति निकै चिन्तित छु। किनकि अभिनयको क्षेत्र त्यति टिकाउ छैन्। म उसलाई निकै माया गर्छु यसकारण उसको बारेमा निकै चिन्ता लाग्छ्। यो भन्दा बढी म भन्न चाहन्न्। '&nbsp;</p><p style="text-align: justify; ">सैफ को यो कुराले उनकी पुर्व पत्नि अमृता सिंह भने भड्किएकी छिन्। मिडियाका अनुसार अमृताले &nbsp;सैफले यस्तो भनेर सारा प्रति गैर जिम्मेवार बन्न खोजेको &nbsp;बताएकी छिन्। अमृताको यसकुरामा सैफले भने कुनै जवाफ दिएका छैनन्।&nbsp;</p><p style="text-align: justify; ">यस्तै श्रीदेवीले पनि आफ्नी छोरी जाह्नवीको बलिउडमा आउने कुरालाई लिएर चिन्ता व्यक्त गरेकी थिईन्। उनले आफु छोरीको बलिउड करियरको विरुद्ध नभएको तर जाह्नवीले विवाह गरेर सेटल हुन भन्ने चाहेको बताएकी थिईन्। एजेन्सी</p>