तिन करोडको बजेटमा ‘देश परदेश’ बन्ने, आज शुभमुर्हुत हुँदै

असार, काठमाडौं ।

नेपाली चलचित्र देश परदेश निर्माण हुने भएको छ । तिनकरोडको बजेटमा निर्माण हुन लागेको यो चलचित्रको आज (बुधबार) शुभमुर्हुत गरिने भएको छ । राजु गिरी प्रोडक्सन प्रा.ली. र सोनी फिल्मस् प्रा.ली.को संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको यो चलचित्रलाई राज गिरीले निर्देशन गर्दैछन् । साथै यो चलचित्रको निर्माता भने सोनी सोनी बहादुर सुनार हुन् ।

यो चलचित्र जर्मन, दुबई, मलेसिया, थाईल्याण्ड लगायतका देशहरुमा पनि छायांकन गरिने निर्देशक राजु गिरीले आर्टिस्ट खबरलाई जानकारी दिए । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ भने रोशन श्रेष्ठको द्धन्द्ध रहनेछ । चलचित्रलाई रामेश्वर हुमागाईंले खिच्नेछन् । साथै चलचित्रमा कुनकुन कलाकार रहनेछन् भन्ने बारे फाइनल नभएको बताइएको छ ।

चलचित्रको आज शुभमुर्हुत गरिदै छ । बिहान ९ बजे काठमाडौं तिनकुनेस्थित सिद्धार्थ कटेजमा शुभमुर्हुत गरिदै छ ।