चुनावी प्रचार शैलीमा ‘सायद २’ को प्रचार प्रसार

असार , काठमाडौं।

असार ३० गतेबाट प्रर्दशनमा आउने चलचित्र 'सायद २' यतिवेला व्यापक प्रचारप्रसारमा लागेको छ। देशमा यतिवेला दोस्रो चरणको स्थानीय चुनावको माहोल हुँदै गर्दा यस चलचित्रको प्रचारप्रसारमा पनि  चुनावी रंग देखिएको छ। चुनावी प्रचार प्रसारमा जस्तै यतिवेला चलचित्र निर्माण पक्षहरु विभिन्न ठाउँका टोलटोलमा पुगेर चलचित्रको पोष्टर तथा पर्चा टाँस्दै गर्न थालेका छन्।

प्रचारप्रसारको लागि बिर्तामोड, बुटवल, धरान, दमक लगायतका विभिन्न स्थानमा  झण्डै दश थान पोष्टर र पम्प्लेट हरु पठाईएको छ। आर्टिष्ट खवर संगको कुराकानीमा निर्माता सुनिल रावलले  चलचित्र को उच्च स्तर कायम गर्न तथा आफ्नो ब्रान्डलाई स्थापित गर्नका लागि यस्तो शैली अपनाएको बताएका छन्। साथै चलचित्र निर्माण पक्ष तथा कार्यकर्ताहरु यतिवेला ठाउं ठाउँमा पोस्टर टाँसिरहेको बताउँदै  उनले जसरी चुनावी प्रचार प्रसार पछि मतको परिणामको पर्खाई रहन्छ त्यस्तै आफुले पनि चलचित्रको रिजल्टका लागि असार ३० गतेको पखाईमा रहेको बताएका छन्।
यसका साथै तिव्र रुपले प्रचार प्रसारमा लागेको चलचित्र टिमले सामाजिक सञ्जाल फेसबुक मार्फत सजिलै चलचित्र  अंकित लोगो सहित आफ्नो फोटो राख्न सकिने प्रोफाइल पिक्चर चेन्ज अभियान पनि ल्याएको छ। युवापुस्ता विचको माया प्रेम र विछोडलाई समेटिएर तयार पारिएको यस चलचित्रमा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ मुख्य भुमिकामा रहेका छन्।