‘देशपरदेश’को शुभमुर्हुत गरियो, के भन्छन् उपस्थित कलाकार तथा अतिथिहरु

गोपिकृष्ण/ असार, काठमाडौं ।

चलचित्र  ‘देश परदेश’ निर्माण हुने भएको छ । आजभन्दा दशबर्ष अघि निर्माण भइसकेको चलचित्रको नाम पुनः लिएर यो चलचित्र निर्माण हुने भएको हो । चलचित्रलाई निर्देशक राजु गिरीले निर्देशन गर्दैछन् । साथै चलचित्रमा प्रेम सोनी र सारिका केसी मुख्य भुमिकामा रहनेछन् । चलचित्रको छायांकन यहि असार २२ गतेबाट शुरु गरिनेछ ।

बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको शुभमुर्हुत पनि गरियो । राजु गिरी प्रोडक्शन र सोनी फिल्मस्को संयुक्त प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा प्रेम सोनी, सारिका केसीको साथमा सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा निर्माता तथा नायक प्रेम सोनीले नै लेखेका हुन् । साथै अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाँइको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको छ ।

के भन्छन् मुख्य कलाकार प्रेम र सारिका ?

चलचित्र निर्माणमा पहिला देखी नै रुचि भएको बताउने प्रेमले आफ्नो अभिनय भन्दा पनि चलचित्र निर्माणनै एक लक्ष्य भएको बताए । उनले आर्टिस्ट खबरसँगको अन्तर्वार्तामा आफु नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रबाट आएको ब्यक्ति भएपनि आफ्नो लक्ष्य नेपाली पारिवारीक चलचित्र बनाउने भएको बताए । साथै उनले चलचित्र निर्माण गर्ने भइसकेपछि निर्देशक राजु गिरीको सल्लाह अनुसार आफुले पनि यस चलचित्रमा अभिनय गर्न सक्ने भनेपछि मात्र नायकको भुमिका निभाउन लागेको बताए । साथै उनले यस चलचित्रले ठुलो ब्यापार गरोस् भन्ने ठुलो आशा पनि नबोकेको पनि बताए । उनले यस चलचित्र पश्चात पनि निरन्तर नेपाली चलचित्र निर्माण मै लाग्ने बताए ।

साथै नायिका सारिका केसीले पनि आफुलाई म्युजीक भिडियोमा दर्शकले जुनरुपले मन पराउनु भएको छ त्यहि रुपमा चलचित्र हेर्ने दर्शकले पनि मन पराउनेमा विश्वस्त भएको बताइन् । साथै उनले राजु गिरीले निर्देशन गर्ने चलचित्र भएपछि भल्गर नभएको र एक पारिवारिक चलचित्र भएको बताइन् । उनले यो चलचित्रमा आफ्नो कुनै पनि ग्लायामर सिन नभएको र आफु एक गाउँको साधारण केटीको भुमिकामा देखिने बताइन् ।

के भन्छन् निर्देशक राजु गिरी ?

निर्देशक राजु गिरीले आफुले निर्देशन गर्न लागेको यो चलचित्रमा पहिलाका आफ्ना चलचित्र जस्ता भल्गर सिन केहि पनि नहुने जानकारी दिए । बिशुद्ध पारिवारीक कथामा बन्न लागेको यो चलचित्रमा आफ्नो सक्दो मेहनत गर्ने उनले बताए । राजुले यो भन्दा पनि अघि आफुले पारिवारीक चलचित्रहरु निर्देशन गरिसकेको भएर पनि यसमा अझ राम्रो गर्ने बताए ।

के भन्छन् उपस्थित अतिथि  ?

कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले राजु गिरी चलचित्र निर्देशनमा राम्रो काम गर्न सक्ने निर्देशक भएकोले यो चलचित्रलाई पनि पुर्णरुपमा न्याय दिन सक्ने बताए । साथै उनले राजु गिरीका यो भन्दा अघिका चलचित्रहरुको फरक धार भएपनि यसबाट आफ्नो निर्देशनको धार पनि परिवर्तन गर्ने बताए । साथै चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले पनि निर्देशन राजु गिरी भनिसकेपछि चलचित्रक्षेत्रको बजारमा रुप रुपले उनलाई हेरिने गरिन्थ्यो त्यो धार अब परिवर्तन हुने बताए । साथै हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङले पनि चलचित्रलाई शुभकामना दिएका थिए ।

चलचित्रको शुभमुहूतमा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप हानेका थिए भने चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले मुहुर्त सर्टको निर्देशन गर्दा मुख्य कलाकार प्रेम सोनी, सारिका केसी र सेरबहादुरले चलचित्र भित्रको डाईलग बोलेका थिए । हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङले नरिबल फोडेका थिए ।