‘कारखाना’को च्यारिटी शो बाट विद्यार्थीलाई सहयोग

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायिका वर्षा शिवाकोटी र नायक सुशील श्रेष्ठको मुख्य अभिनयमा रहेको चलचित्र 'कारखाना' टिमले बुधवार च्यारिटी शो गरेको छ। काभ्रेको एक विद्यालयका विद्यार्थीहरुको सहयोग का लागि राजधानीको बागबजार स्थित सिटीम्याक्स सिनेमा हलमा च्यारिटी शो आयोजना गरिएको थियो। शोमा चलचित्रका मुख्य कलाकार वर्षा, सुशिल, निर्देशक अमरदीप सापकोटा को साथै नायिका वर्षा&nbsp;राउत तथा नायक सजोग कोइराला उपस्थित थिए। शो बाट संकलित रकमबाट काभ्रेका विद्यार्थीहरुलाई ३२० झोला प्रदान गरिने कार्यक्रम संयोजक अनुष्का दाहालले जानकारी दिएकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र यही शुक्रबार बाट प्रर्दशनमा आउने भएको छ। प्रेम कथामा आधारित यस चलचित्रमा वर्षा र सुशिलका साथै नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको पनि मुख्य भुमिका रहेको छ।&nbsp;</p><p>&nbsp;</p>