बिनयको ‘गाजलु’,मा एलिसाको नृत्य

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाली सांगीतक क्षेत्रमा लामो समयदेखी सक्रिय रुपमा लागिरहेका गायक, संगीतकार तथा एरेन्जर बिनय केटुको नया गीत सार्बजनिक गरिएको छ । आरोही एल्बममा समावेश गाजलु बोलको गीतलाई बिजय थापाले लेखेका हुन् भने संगीत, एरेन्ज र आवाज बिनय केटुकै रहेको छ । तर गीतको मिक्सिङ भने अशोक महर्जनले गरेका हुन् । क्लब डान्सिङ् गीतहरुको संगीत र एरेन्जमा पछिल्लो समय राम्रो मानिएका बिनयले ठुलो होमवर्क पछि उक्त गीत सार्बजनिक गरेको बताएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">सार्बजनिक गीतको भिडियोमा मोडल एलिसा राई सहित नेपाली ठिटोज्को समेत अभिनय रहेको छ । राजकुमार लामिछानेको निर्देशन रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । आरोही ईन्टरटेन्डमेण्डले बजारमा ल्याएको यस गीतले दर्शकको मन जित्नेमा बिनय आशावादी छन् ।&nbsp;</p><p style="text-align: justify; ">ढेड दशक भन्दा लामो समयदेखी संगीतमा सक्रिय रहेका बिनय केही समयदेखी एरेन्जरको काममा निकै ब्यस्त छन् । यसअघि उनको एल्बम म्युजीक हन्टर र आरोही सार्बजनिक भईसकेका छन् । गाजलु उनको तेश्रो एल्बम आरोही २ मा समावेश छ ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/gCizFK1UH9g" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>