मोडल हन्ट नेपालको अडिसन सुरु

असार, काठमाडौं ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हँुदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को तेस्रो सिजन सुरु भएको छ ।

प्रतियोगीताको प्रारम्भिक चरणको पहिलो अडिसन शनिबार राजधानीको त्रिपुरेस्वर स्थित वल्ड ट्रड सेन्टरको डिइसिसि हलमा आयोजना गरिएको थियो । नेपालका पहिलो अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, पहिलो फेशन कोरियोग्राफर राजभाई सुवाल, मोडल सृजना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट बिजेता विवेक खड्का, गायिका स्मृती पोखरेल लगायत निर्णायक रहेको प्रारम्भिक चरणमा २३० युवायुवतीले अडिसन दिए ।

ब्यक्तित्व, आत्मबिस्वास र प्रस्तुतिको आधारमा अन्तिम स्पर्धाको लागि छानिएका प्रतियोगी यहि ३१ असारको अर्काे अडिसन पछि मात्र सार्वजनिक गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले जानकारी दिए ।युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने धमलाको दाबी रहेको छ ।

प्रतियोगीलाई अन्तिम स्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगीमा भारतका चर्चित कोरियोग्राफर मिलन एच.आर राइको बिषेश प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एच.आर यसै बर्षदेखि प्रतियोगीतामा जोडिएका हुन् ।

प्रतियोगीताको बिजेताले नगद रु एक लाख, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेड देखि कोरियामा हुने फेसन अवार्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।