<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; ">सलमान खानको फिल्म 'ट्युबलाईट'को रिलिज अघि अन्य फिल्मले जस्तै यस फिल्मले पनि बक्स अफिसमा रेकर्ड तोड्न सक्ने अनुमान लगाईएको थियो। तर रिलिज पश्चात भने फिल्मले सबैलाई निकैनै निराश बनाएको छ्।फिल्मको कमाईले वितरक हरुलाई निकैनै धक्का पुर्याएको छ। </p><p style="text-align: justify; ">भारतीय मिडियाका अनुसार एक वितरकले मिडिया संग कुरा गर्दै भनेका छन्- 'यसअघि सलमानको फिल्मले ३ दिनमै १०० करोड भन्दा बढी कमाई गर्थ्यो तर यस पटक यो आँकडा भेट्न 'ट्युबलाईट'लाई एक हप्ता लागेको छ। जसका कारण शहरका सिंगल स्क्रीन सिनेमाघरका मालिकहरुलाई यस बाट धेरै नोक्सान भएको छ। सलमानको फिल्मका कारण नोक्सान व्यहोर्नु परेको यो पहिलो पटक हो। हामीमा भरोसा छ कि सलमान हाम्रो नोक्सानको भरपाई गरिदिने छन्। '</p><p style="text-align: justify; ">त्यस्तै एक अन्तर्वार्ताको क्रममा ट्रेड ऐनालिस्ट आमोद मेहराले पनि सलमान खानको 'ट्यूबलाइट' बाट वितरकलाई निकै घाटा पर्ने बताएका थिए। उनले भनेका थिए -'सलमान खान पुरै फिल्ममा रोइरहन्छन। र फिल्मको रिलिज पछि वितरकलाई रुनु पर्ने हुन्छ्।' एजेन्सी<br></p>







२० असार २०७४, मंगलवार ०९:०९ 








