आर्टिस्ट खबर/ असार, हेटौडा ।

हेटौडामा यसबर्षको ९ औं डी सिने अवार्ड सम्पन्न भएको छ । अवार्डमा बिपिन कार्की र प्रियंका कार्की उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । बिहीवार हेटौडाको ओम्याक्स चलचित्र भवनमा आयोजित अवार्ड समारोहमा विपिनले चलचित्र ‘जात्रा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड थाप्दा प्रियंकाले ‘छक्का पन्जा’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका हुन् ।

गतबर्ष प्रदर्शनमा आएका चलचित्रहरुमा ३२ बिधामा अवार्ड दिइएको थियो । जसमा गत बर्षको ब्यवसाहिक सफल चलचित्र ‘छक्का पन्जा’ ले सर्वाधिक ११ विधामा अवार्ड पायो । यो चलचित्रले अभिनेत्री सहित फिल्म, नव निर्देशक, हाँस्यकलाकार, खलपात्र, नृत्य निर्देशक, गायक, संगीतकार, संवाद, सम्पादन र छायाँकार लगायत बिधामा अवार्ड प्राप्त गर्दै आफनो वर्चस्व कायम गर्यो । कार्यक्रम बिगत ९ बर्षदेखी ‘छायाँछबि क्रियशन’ले आयोजना गर्दै आएको छ ।

पत्रकार लक्ष्मण सुवेदी ९ हजार ९ सय ९९ राशी सहितको ‘छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मान हुँदा छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ अभिनेता सरोज खनाल र अभिनेत्री रुपा राना सम्मानित भए । करिब चार दशक चलचित्र संगीतमा बिताएका बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा ‘लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाटसम्मानित भए । सम्मानले आफुलाई हिम्मत, हौसला र जागर प्रदान गरेको बताउँदै बास्कोटाले आफ्ना चर्चित केही गीत गाएर समेत सुनाए ।

‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’बाट अभिनेता मनोज आरसी र ‘पुरानो डुंगा’बाट अभिनेत्री मेनुका प्रधान ‘क्रिटिक्स अवार्ड’को हकदार बन्दा तेस्रो चलचित्र निर्देशनको दौरानमा रहेका निर्दशक मिलन चाम्सलले ‘प्रोत्साहन अवार्ड’ बुझे ।

दुई फरक फरक चलचित्रबाट संगीको बिधामा नोमिनिजमा परेका संगीतकार कालीप्रसाद बाँस्कोटाको भागमा भने अवार्डमा ‘ठमेल बजार’ गीतबाट ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गरियो । बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, पत्रकार बिजयरत्न तुलाधर, निर्देशक, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोस श्रेष्ठ, पहिलो महिला छायाँकार सवनम मुखिया निर्णायक रहेको अवार्डमा चलचित्र ‘तीन घुम्ती’ले जुरी अवार्ड प्राप्त गर्यो ।

बिभिन्न आकर्षक संगीतिक प्रस्तुतिले भरिएको कार्यक्रममा अभिनेत्री खुस्बु खड्का, सारिका घिमिरे, सुसान्त कार्की, निर्मल सेन्चुरी र भिमफेदी गाइज, जेबीका कार्कीलगायतले आकर्षक नृत्य प्रस्तुत गर्दा गायिका साहिमा श्रेष्ठले गीत गाएर सुनाइन् । हाँस्य कलाकार जीतु नेपालले कमेडी मार्फत कार्यक्रममा सबैलाई हसाउन सफल भए ।

बर्ष २०७३ भित्र प्रदर्शन आएका ५५ चलचित्र समावेश अवार्ड चलचित्र र चलचित्रकर्मीे प्रोत्सानका लागि नियमित आयोजना हुँदै आएको लागि आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले बताए ।

अवार्ड कार्यक्रममा सरोज खनाल, आर्यन अधिकारी, केदार घिमिरे, जितु नेपाल, आकाश अधिकारी, नीता ढुंगाना, अशिष्मा नकर्मी, सारिका घिमिरे, दीपाश्री निरौला, झरना थापा, गौरी मल्ल, बसुन्धरा भुषाल, भुवन चन्द, असिस्मा नकर्मी लगायत दुई दर्जन बढी चलचित्रकर्मी र उल्लेख्य रंगपत्रकार काठमाडौंबाट हेटौडा आएका थिए ।

कसको भागमा कुन अवार्ड

१) उत्कृष्ट एनिमेशन – मधुकर बलामी (द फेमश)

२) उत्कृष्ट ध्वनि मिश्रण – मनोजराज भण्डारी –जात्रा)

३) उत्कृष्ट पाश्र्व संगीत – शैलेश श्रेष्ठ (गाजलु)

४) उत्कृष्ट केमियो –निश्चल बस्नेत (लप्पन छप्पन)

५) उत्कृष्ट द्वन्द्व निर्देशक –हिमाल केसी (निर्भय)

६) उत्कृष्ट बाल–कलाकार –साइब्रत आचार्य (छायाँ)

७) उत्कृष्ट हाँस्यकलाकार –केदार घिमिरे (छक्का पञ्जा)

८) उत्कृष्ट खलपात्र –दीपकराज गिरी (छक्का पञ्जा)

९) उत्कृष्ट नृत्य निर्देशक –कविराज गहतराज (पूर्ब पश्चिम रेल‘–छक्का पञ्जा)

१०) उत्कृष्ट गीतकार –आकाश अधिकारी (पागल‘(के म तिम्रो होईन र)

११) उत्कृष्ट गायिका –मिना निरौला (ठमेल बजार – लुट २)

१२) उत्कृष्ट गायक –कृष्ण काफ्ले (देखन चम्पा – छक्का पञ्जा)

१३) उत्कृष्ट संगीतकार –दीपक शर्मा (देखन चम्पा‘(छक्का पञ्जा)

१४) उत्कृष्ट संवाद दीपकराज गिरी ( छक्का पञ्जा)

१५) उत्कृष्ट पटकथा – हेमराज बिसी (गाजलु)

१६) उत्कृष्ट कथा – रामबाबु गुरुङ (पुरानो डुंगा)

१७) उत्कृष्ट नव–नायिका – श्रृष्टी श्रेष्ठ (गाजलु)

१८) उत्कृष्ट नव–नायक –आर्यन अधिकारी (के म तिम्रो हैन र)

१९) उत्कृष्ट नव–निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा)

२०) उत्कृष्ट चरित्र अभिनेत्री –गौरी मल्ल (के म तिम्रो हैन र)

२१) उत्कृष्ट चरित्र अभिनेता –शिशिर राणा (बीर बिक्रम)

२२) उत्कृष्ट सह–अभिनेत्री –सुस्मिता केसी (म त तिम्रै हुँ)

२३) उत्कृष्ट सह–अभिनेता –सुशान्त कार्की (तीन घुम्ती)

२४) उत्कृष्ट सम्पादक– बिपिन मल्ल (छक्का पञ्जा)

२५) उत्कृष्ट छायाँकार –पुरुषोत्तम प्रधान (छक्का पञ्जा)

२६) उत्कृष्ट अभिनेत्री –प्रियंका कार्की (छक्का पञ्जा)

२७) उत्कृष्ट अभिनेता – विपिन कार्की (जात्रा)

२८) उत्कृष्ट निर्देशक –हेमराज बिसी (गाजलु)

२९) उत्कृष्ट चलचित्र –छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

२३ असार २०७४, शुक्रबार ०२:५१