‘भुईँमान्छे’को गीत ‘जिन्दगी एउटा..’ सार्वजनिक (भिडियो)

...

<pre><b>असार , काठमाडौं।</b></pre><p style="text-align: justify; ">&nbsp;अस्पतालमा मरेका मानिसहरुको लाशको पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित चलचित्र ‘भुईमान्छे’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक जिन्दगी एउटा &nbsp;बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ। गीतमा दयाराम पाण्डेको शब्द तथा &nbsp;चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ। गीतको भिडियोमा चलचित्रमा मुख्य पात्र &nbsp;रमेश बुढाथोकी र नायिका सिपोरा गुरुङ देखिएका छन्।&nbsp;</p><p style="text-align: justify; ">निरुपा राज्य लक्ष्मी थापाको निर्माणमा बनेको यस चलचित्र भदौ २ गतेदेखी प्रदर्शनमा आउने तयारीमा रहेको छ। नवराज बुढाथोकीको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा &nbsp;रमेश र सिपोराको साथमा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/QLOqp9pFDrA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>