च्यारीटीबाटै प्रशंसा बटुलेको ‘व्वाईफ्रेण्ड’

...

<pre><b>असार, काठमाडौं</b></pre><p>बुढाथोकी फिल्मस् प्रोडक्सनमा तयार भएको चलचित्र ब्वाईफ्रेण्डको चर्चा यतिबेला चुलिएको छ । चितवनमा केही समय अगाडी गरिएको च्यारीटीबाट पाएको रेस्पोन्सले निर्माता कृष्ण खनाल निकै उत्साहीत भएका छन् । सुर्य बुढाथोकीको प्रस्तुती रहेको व्वाईफ्रेण्डमा सरोज खनाल , पुस्कर रेग्मी , महिमा सिलवाल,सोनम थापा,पवन खनाल,आकाश बोम्जन,कृष्ण खनाल,प्रविन थापा,शोभा भण्डारी,पुजा थापा,शेखर केसी,मन्जु श्रेष्ठ,मोहन निरौला,कैलाश दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नेपाली सिनेमाका लागि खारिएका निर्देशक मदन घिमीरेले निर्देशन गरेको यो चलचित्र माघ १२ बाट देशव्यापि प्रदर्शन हुदैछ । व्वाईफ्रेन्डलाई कृष्ण श्रेष्ठले खिचेका हुन भने शंकर महर्जनले द्वन्दको पाटो सम्हालेका हुन् । त्यस्तै मेक अप आर्टिष्ट संगितका लामाले श्रृंगारको पाटो सम्हालेकी थिईन् ।</p>