‘म यस्तो गीत गाउँछु’ को कुनै दृश्य काटिएन, सबै दर्शकले हेर्न पाउने

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । अब यो चलचित्रलाई सबै उमेर बर्गका दर्शकले हेर्न पाउने भएका छन् । सोमबार सेन्सर बोर्ड युनिटले चलचित्र हेरिसकेपछि युनिभर्सल सर्टिफिकेट थमाएको हो । चलचित्रमा समावेश कुनैपनि दृश्य तथा संवाद काटिएको छैन ।&nbsp;<br></p><p style="text-align: justify; ">निर्देशक सुदर्शन थापाले चलचित्र भित्रको एक सानो सम्बाद मात्र काटिएको आर्टिस्ट खबरलाई जानकारी दिए । उनले अब आफ्नो चलचित्र सबै बर्गका दर्शकले हेर्न पाउने पनि बताए । साथै सुदर्शनले लामो समयदेखी 'म यस्तो गीत गाउँछु'को प्रखाईमा रहेका दर्शकका लागी अब केहि दिनमै त्यो प्रखाईको फल मिठो हुने भन्दै दर्शकलाई चलचित्र हेर्न आग्रह गरे ।</p><p style="text-align: justify; ">सुदर्शन थापा निर्देशीत यो चलचित्रमा पल शाह र पुजा शर्माको मुख्य भुमिका रहेको छ। &nbsp;यहि आउदो शुक्रबार (असार ३०) बाट प्रदर्शन हुने यो चलचित्रको गीतसंगीत यतिखेर चर्चामा छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने संजय लामाको सिनेम्याटोग्राफी छ ।&nbsp;</p>