‘जोजो’ मा सौगात र अर्पणको जोडी

असार, काठमाडौं ।

चलचित्र ‘जोजो’ मा नायक सौगात मल्ल र अर्पण थापा रहने पक्का भएको छ ।  यो चलचित्र ‘लप्पन छप्पन’ का निर्देशक मुकुन्द भट्टले नै निर्देशन गर्न लागेका हुन् । चलचित्रमा सौगात र अर्पणको साथमा फिल्ममा देबु श्रेष्ठ र नविन शाह अनुबन्धित भएका छन् । चलचित्र एक्सन लभस्टोरीमा आधारीत छ ।

चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस् र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने ‘जोजो’ का लागी नव—प्रस्तुतिमा सिर्जना सिन्हा र फजिल अहमद फाईनल भएका छन् । कार्तिक अन्तिम साताबाट छायांकनमा उत्रिने चलचित्र युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली र अस्ट्रेलियामा खिचिने छ ।

मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतको पटकथा रहने ‘जोजो’ मा चिजकुमार श्रेष्ठ, देबु श्रेष्ठ र सुवोद भट्टको लगानी रहनेछ । पुरुषोत्तम प्रधानको छायाँकन, दीपक आरजेको संगीत रहने सिनेमाको लागि सिमसम तामाङद्वारा सौगात र अर्पणलाई दुई महिनाको तालिम दिइनेछ । सौगात र अर्पणले यसअघि ‘बधशाला’, ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’ र ‘डाइङ क्यान्ड’ मा सँगै काम गरेका छन् ।