‘सायद २’ लाई पिजी सर्टिफिकेट, सुनिल भन्छन् हिट हुने संकेत

असार, काठमाडौं ।

चलचित्र ‘सायद–२’ ले  सेन्सर पास हुँदै पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डका सदस्यले मंगलवार चलचित्र हेरिसकेपछि उक्त सिर्टफिकेट दिएका हुन् । अब यो चलचित्र १६ बर्ष भन्दा कम उमेरका दर्शले आफ्नो अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् । चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।

सुनिलले निर्माण गरेका यस अघिका ३ चलचित्र (सायद्, होस्टेल र होस्टेल रिटर्नस) ले पनि पिजी सर्टिफिकेट पाएका थिए । तिनवटै सफल मानिएका चलचित्रले पिजी सर्टिफिकेट पाउनु र अहिले पनि यो चलचित्रले सोहि सर्टिफिकेट पाउनुलाई सुनिनले लक्की सम्झिएका छन् । सुनिनले  ‘सायद २’ ले पनि पिजी सर्टिफिकेट पाउँदा यसलाई हिट हुने सङ्केत को रुपमा लिएका छन् । चलचित्रका कुनै पनि दृश्य तथा सम्बाद काटिएको छैन ।

‘सायद २’ लाई दुर्गिस फिल्मस्को ब्यानरले निर्माण गरेको हो । युवाहरुको कथावस्तुमाथि तयार भएको यो चलचित्रलाई  पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।  चलचित्रमा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन्। सिनेमेटोग्राफर राजु विक्रम थापाले फिल्म खिचेका हुन् । चलचित्रको सम्पादन दिर्घ खड्का, द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन् ।