‘म यस्तो गीत गाउँछु’को प्रिमियर शो सम्पन्न, आयो सबैबाट प्रसंशा

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

यहि आउदो शुक्रबार (असार ३०) गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचत्रि 'म यस्तो गीत गाउँछु'ले राजधानीमा प्रिमियर शो गरेको छ । चलचित्रकर्मि तथा पत्रकाहरुको बिच गरिएको प्रिमियर शो बाट चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ ।

चलचित्रको पहिलो हाफ सम्म कमेडीलाई केन्द्रित गरिएको प्रतिक्रिया आएको थियो । चलचित्रमा कमेडी र सेन्टिमेन्टल भएकोले निकै राम्रो लाग्यो भन्दै चलचित्र हेरेर फर्किनेहरुले प्रतिक्रिया दिएका थिए ।  यसैबिच हामीले प्रिमियर शो हेर्न पुगेका केहि आर्टिस्ट सँग पनि कुरा गर्यौं जसमा चलचित्रको मेकिङ र गीतसंगीतको पाटो निकै राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

सुदर्शन थापा निर्देशीत ‘म यस्तो गीत गाउँछु’ हेरिसकेपछि नायिका रेखा थापाले आफुलाई निकै राम्रो लागेको बताइन् । ‘मलाई चलचित्रको मेकिङ पक्ष र पल—पुजाको अभिनय निकै राम्रो लाग्यो । दर्शकले मन पराउनुहुन्छ त्यो कुरा ढुक्क छ ।’, रेखाले आर्टिस्ट खबरसँग कुरागर्दै भनिन् । त्यस्तै अर्कि नायिका छुल्ठिम गुरुङले पनि पल शाहको अभिनय निकै उत्कृष्ट भएको भन्दै तारिफ गरिन् । साथै उनले पलको तारिफ सँगै अभिनय धेरै मन परेर हलभित्रै पललाई भेटेर ‘आई लभ यु’ समेत भनेको बताइन् । चलचित्र निर्माता समेत रहेका कलाकार दिपक राज गिरीले पनि चलचित्रको तारिफ गर्न भ्याए । ‘यो भन्दा अघि पनि लभ स्टोरी चलचित्र बनाउन सुदर्शन जी माहिर हुनुहन्थ्यो त्यसैले यो पनि उत्कृष्ट बनेको छ । मलाई चलचित्र भित्रको बेष्टको कुरा गर्दा चलचित्र मेकिङ र गीतसंगीतको पाटो निकै बेष्ट लाग्यो ।’, दिपकराजले भने । साथै चलचित्र बितरक गोपाल कायस्थले म यस्तो गीत गाउँछु लाई सुपरहिट हुने भन्दै दोस्रो ‘छक्का पञ्जा’को दर्जा थिए ।

साथै चलचित्र हेर्न पुगेका निर्माता तथा कलाकार आकाश अधिकारी, गायक युवराज चौलागाईं, संगीतकार राजनराज सिवाकोटी लगायतका कलाकारहरुले पनि चलचित्रको राम्रो प्रतिक्रिया दिएका थिए । पल शाह र पुजा शर्माको मुख्य भुमिका रहेको यो चलचित्रको गीतसंगीतहरु प्रदर्शन अगाडी नै निकै चर्चामा छन् ।

Video: