‘मिस विश्वकर्मा इन्टरनेशनलको पहिलो अडिसन सम्पन्न, मोरङबाट छानिए १२ सुन्दरी

असार, काठमाडौं ।

यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गहिरहेको 'मिस बिश्वकर्मा इन्टरनेशनल'को पहिलो अडिशन सम्पन्न भएको छ । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आयोजना हुने मिस विश्वकर्मा इन्टरनेशनलको पहिलो अडिसन मोरङको पथरी शनिश्चरेमा सम्पन्न भयो । जम्मा १९ प्रतियोगीबाट १२ सुन्दरीहरु दोस्रो चरणमा प्रबेश गरेका छन् ।  पहिलो अडिशन पुर्वमा पथरी शनिश्चरेमा भयो भने अब साउन ५ गते राजधानीमा र ७ गते पोखरामा हुनेछ ।

मोनाली ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस विश्वकर्मा इन्टरनेशलको पहिलो अडिसनको निर्णायकमा कोरियोग्राफर अशिम ज्वयल श्रेष्ठ, मोडल निराजन बस्नेत र बियुटिशियन रहेका थिए । यो मिस बिश्वकर्मा इन्टरनेशनल पनि नेपालमा हुने अन्य मिस प्रतियोगीता जस्तै सबै नियमहरु लागुभएर अगाडी बढ्ने आयोजक संस्थाका अध्यक्ष दिपक बराइलीले बताए । 'हामीले यसमा विश्वकर्मा समुदायका युवतीहरुलाई लिएका छौं फरक यति हो ।', बराइलीले भने ।

मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिने बताइएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ । मिस विश्वकर्मा इन्टरनेशलको मिडिया पार्टनरमा आर्टिस्ट खबर डटकम रहेको छ ।