सरसफाईमा लागे धुर्मुस सुन्तली (भिडियो)

असार, काठमाडौं।

चर्चित हाँस्यकलाकार जोडी धुर्मुुस सुन्तली( सिताराम कट्टेल र कुन्जना घिमिरे) आफ्नो नयाँ प्रस्तुति लिएर दर्शकमाझ आउँदैछन्। धुर्मुस सुन्तली अभिनय रहेको सन्देशमुलक छोटो चलचित्र ‘हरियो बिल्ला’को एक गीतको भिडियो सार्बजनिक भएको छ । केही समय अघि मात्रै यसको ट्रेलर सार्बजनिक भएको थियो।

सार्बजनिक 'आउ हामी ..'बोलको सन्देशमुलक गीतमा राजेश पायल राईको आवाज रहेको छ। गीतमा  दिनेश कुमार थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको यस गीतमा  सरसफाई सम्बन्धि बिषयलाई उठान गरिएको छ।

निर्देशकद्धय धुर्मुस सुन्तलीले यो सिनेमा  अर्को साता सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक गरिने बताएका छन्। यो सर्टमुभि लाई यसअघि मेरी बास्सैका केही कथाहरु लेखिसकेका दिपक आचार्यले लेखेका हुन्। उनले यस अघि पनि धुर्मुस सुन्तलीको साथमा विभिन्न सर्ट मुभि बनाइसकेका छन्।

ग्रामिण खानेपानी तथा सरसफाई कोष का लागि शुभ मिडिया द्वारा तयार पारिएको यो सर्ट मुभिमा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।