बलिउडका चर्चित गायक कुमार सानु काठमाडौंमा कन्सर्ट गर्दै

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp; ‘मेरा दिल भी कित्ना पागल हे’, ‘जिता था जिसके लिए’, ‘किसिसे तुम प्यार करो’, ‘सोचेङ्गे तुमे प्यार’, ‘तुम दिलकी धड्कन मे’ लगायत कैयौं चर्चित गीतहरुका गायक कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। करिब १७ हजारभन्दा बढी &nbsp;गीत गाइसकेका उनले &nbsp;एक बर्षमा धेरै गीतहरु रेकर्ड गराउने गायकको रुपमा गिनिजबुक अफ वल्र्ड रेकर्डमा समृत नाम राखिसकेका छन्। साथै उनले बलिउडमा निकैनैहिट गीतहरु दिएका छन्। &nbsp;&nbsp;</p><p>उनै चर्चित गायकले भोली शनिबार काठमाण्डौंका दर्शक तथा श्रोताहरुलाई आफ्ना गीत सुनाउने भएका छन्। काठमाण्डौँको पाँचतारे होटेल याक एण्ड यतिमा हुने कार्यक्रममा कुमार सानुले आफ्ना कालजयी गीतहरु गाउने छन् भने उनको साथमा नेपाली कलाकारहरु रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना र स्मिता घिमिरेआदिको प्रस्तुती रहनेछ। । मुन्टेज इंटरनेशनलले आयोजना गर्न लागेको यस &nbsp;कार्यक्रम भोली बेलुकी पाँचबजेबाट सुरु हुनेछ्। ५ हजार रुपैँया टिकट रकम बताइएको यस कार्यक्रमलाई &nbsp;हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ तथा चर्चित नायिका निशा अधिकारीले उद्घोषण गर्नेछन्।</p>