कुमार सानु यसरी गुञ्जिए काठमाडौंमा (फोटो र भिडियो सहित)

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

भारतीय चर्चित गायक कुमार सानुले काठमाडौंमा भब्य कन्सर्ट सम्पन्न गरेका छन् । शनिबार काठमाडौंको पाँचतारे होटल याक एण्ड एतिमा ७ बजेदेखी शुरु भएको उक्त कार्यक्रममा सानुले डेढ दर्जन बढी गीत सुनाएका थिए । जसमा केहि नेपाली गीतहरु पनि गाउँदा उपस्थित हजारौं दर्शक खुबै मनोरञ्जन लिइरहेका थिए ।

२५ बर्षपछि नेपाल आएका सानुले नेपालको तारिफ पनि गरे । नेपाल निकै सुन्दर लाग्ने र आइरहने मन लागेको बताएका थिए । मुन्टेज इन्टरनेसनलको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा सानुसँगै देविका वन्दना, सुगम पोखरेल, स्मिता घिमिरे, कमलमान सिंह लगायतले पनि प्रस्तुती दिएका थिए । साथै कुमार सानुलाई नेपाली गीत गाउनमा नेपालका चर्चित गायक शम्भुजित बास्कोटाले सघाएका थिए । कुमारले नेपाली गीत गाउँदा शब्द उच्चारणमा केहि अस्पष्ट हुँद शम्भुजीतले मिलाइदिएका थिए । साथै कुमारले शम्भुजीत निकै राम्रो गायक भएको भन्दै उनको प्रसंशा पनि गरेका थिए ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम हाँस्य कलाकार जितु नेपाल र नायिका निशा अधिकारीले होष्ट गरेका थिए । जितुले हाँस्य शैलीमा एक लड्कीको देखा तो ऐसा लगा, आपको नेपाल कैसा लगा भन्दै गर्दा कुमारले नेपाली आफुलाई निकै मन पर्ने बताएका थिए । कुमारले जितुलाई प्रसंशा गर्दै दुई पटक सम्म निधारमा चुम्बन पनि गरेका थिए ।

कन्सर्ट सकिए लगत्तै कुमारलाई आयोजकको तर्फबाट गौतम बुद्धको चिनो सहितको मुर्ति र नेपाली ढाका टोपी उपहार दिइएको थियो । कार्यक्रम स्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना भएको हो ।  फाउन्डेसनले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको थालनी गरेको छ । यहि बस्ती निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले कार्यक्रममा आयोजना गरिएको हो । नेपाल र भारतबीच प्रगाढ सम्बन्ध स्थापना र पर्यटन बिकाशका लागि कन्सर्ट गर्न लागिएको आयोजकले जनाएको छ ।

कुमारले २८ वटा गीत एकैदिन रेकर्ड गराएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । २० हजार बढी गीत गाएका उनले थुप्रै नेपाली गीत पनि गाएका छन् । उनले गाएका थुप्रै नेपाली गीतहरु चर्चित पनि छन् ।

Video: