‘म्यान अफ द वल्र्ड’ मा नेपाली ठिटो श्रीरामको प्रतिनिधित्व

साउन, काठमाडौं।

यहि १९ देखि २९ जुलाइसम्म  फिलिपिन्समा आयोजना हुन गइरहेको पुरुषहरुको सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द वल्र्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन् ।

क्यानडा, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरुको सहभागीता रहने र १० दिनसम्म प्रतियोगीता पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो । प्रतियोगीताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्स उड्दै छन् ।

‘मिष्टर नेपाल २०१७’का थड रनर अप समेत रहेका चन्दलाई प्रतियोगीतामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो । बौद्धिकता र जिम्मेवारीको आधारमा समेत बिजेता छानिने प्रतियोगीतामा चन्दले नेपाली कला संस्कृती सहित सहभागी जनाउन लागेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।

नेपाली पहिरन र भेषभुषा समेत कार्यक्रममा आफुले प्रस्तुत गर्ने चन्दले बताए । प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

नेपालको युवालाई बिभिन्न अवसरको ढोका खेल्ने बिस्वासका साथ चन्दलाई प्रतियोगीतामा सहभागीका लागि पठाउन लागेको अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताएका छन्।  । यो प्रतियोगीतामा नेपालको प्रतिनिधित्व यो पहिलो हो ।