<pre><b>साउन, काठमाडौं। </b></pre><p style="text-align: justify; ">नेपाली कलाकर्मी तथा चलचित्रको सम्मानका लागि गरिँदै आएको एलजि सिने सर्कल अवार्डको यस वर्षको संस्करण साउन २३ गते हुने भएको छ। सिनेमा सर्कल नेपाल तथा द दिनेश डिसी प्रोडक्सनको आयोजनामा हुन लागेको एलजी सिने सर्कल अवार्ड यस बर्ष नेपाली चलचित्रमा निजि लगानी सुरु भएको एकाऊन्नौ बर्षको महोत्सवको रुपमा मनाइने बताउँदै आइएको छ। यसैविच कार्यक्रमको आयोजक पक्षले कार्यक्रममा प्रस्तुति दिन कलाकर्मीहरुको नाम सार्वजनिक गरिसकेको छ। अवार्डमा करिव एक दर्जन चलचित्रकर्मीहरुको प्रस्तुती रहने बताइएको छ। अवार्डका लागी हालसम्म सार्वजनीक गरेका नामहरुमा सरोज खनाल,करिश्मा मानन्धर, तुलसी घिमिरे, क्याप्टेन बिजय लामा, झरना थापा, दिनेश डिसी, राजेशपायल राई, देखी दुर्गा परियार, ध्रुव बिस्को, पुष्पल खड्का समेत रहेका छन् । अवार्डमा अतिथि तथा विशेष अतिथि को रहने भन्ने कुरा भने आयोजकले खुलाएका छैनन्। यस वर्षको अ़वार्डलाई चर्चित चन्द्रागीरी हिल्सले प्रस्तुत गर्ने भएको छ साथै एल जी को टाईटल प्रयोजन तथा आईएमई ग्रुपको सपोर्ट मा अवार्ड आयोजना गरिने भएको छ। </p><p style="text-align: justify; ">निर्देशक एंव अवार्ड प्रवन्धक दिनेश डिसीले कार्यक्रम राजधानी स्थीत आर्मी अफिसर्स क्ल्वमा हुने बताएका छन्। गत बर्ष सम्पन्न अवार्डमा उपराष्ट्रपतिको साथमा बलिउड अभिनेता सत्रुधन सिन्हा, उद्योगप़ती बिनोद चौधरी देखि कलाकर्मीको बेजोड प्रस्तुति रहेको थियो। </p>







३ श्रावण २०७४, मंगलवार ०५:२५ 








